सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नानीबाबुसँग महावीर पुनका मनका कुरा
"सामाजिक अभियन्ता महाविर पुनको भोगाई "

सिर्जनशील व्यक्ति वैज्ञानिक बन्छ

मेरो जन्म ६३ वर्षअघि म्याग्दीको दुर्गम गाउँ नागीमा भएको हो। हाम्रो गाउँ पुग्न पोखराबाट हिँडेर करिब चार दिन लाग्थ्यो। त्यतिबेला गाउँमा गाडी आइपुग्छ भन्ने कल्पना पनि थिएन।  हामी गाउँलेको दैनिकी भेडाबाख्रा चराउने काममा सीमित थियो। सरकारी पक्षबाट गाउँमा विद्यालय खुल्ने कुरै थिएन। ब्रिटिस एवं इन्डियन लाहुरमा जान चाहने युवालाई साक्षर बनाउनका लागि गाउँलेको सक्रियतामा स्कुल खुलेको थियो। तर त्यहाँ शिक्षकहरू थिएनन्। बूढापाका र अवकाश प्राप्त लाहुरेहरूले नै आफूले जानेबुझेका कुरा सिकाउँथे।

हाम्रो पालामा किताब, कापी, कलम आदिको चलन नै थिएन। हामी काठको पाटीमा खरीले लेख्थ्यौं। स्कुलमा पढ्नेभन्दा पनि खेल्नमा बढी सक्रिय हुन्थ्यौं। घरमा बस्दा काम गर्नुपर्ने भएकाले हामी स्कुलमा समय बिताउन मन गथ्र्याैं। हाम्रो स्कुल गर्मी समयमा लेकमा र जाडो याममा बेसीमा सरिरहन्थ्यो। खेतीपातीको मौससमा बन्द हुन्थ्यो। स्कुल बन्द हुँदा भेडी गोठमा जान्थेँ। हामी केटाकेटीलाई भुल्याउन खेलकुदमा अभ्यस्त पार्ने काम गरिन्थ्यो। बूढापाकाहरू आफू आर्मीमा छँदा खेलेका कवाज, पीटी सिकाउँथे।

पछि हाम्रो स्कुलले कक्षा ७ सम्मको स्वीकृति पायो। तैपनि स्कुलमा किताब कापी आइपुगेनन्। गाउँका कसैलाई पनि माथिल्लो तहसम्म केटाकेटीलाई पढाउनुपर्छ भन्ने सुझबुझ थिएन। मेरो बुवाले मलाई चार घन्टा पैदल दूरीमा रहेको विद्यालयको कक्षा ८ मा भर्ना गरिदिनुभयो। त्यसपछि पनि मेरो पढाइलाई निरन्तरता दिन बुवाले मलाई सपरिवार बसाइँ सरेर चितवन ल्याउनुभयो। हामी ६ दिन हिँडेर चितवन आएका थियौं। मैले त्यहाँ एसएलसीसम्मको अध्ययन गरेँ।

छोरालाई माथिल्लो तहसम्म पढाउने बुवाको हुटहुटीअनुसार काठमाडौं ल्याएर अमृत साइन्स कलेजमा भर्ना गरिदिनुभयो। त्यहाँ आईएस्सीसम्मको अध्ययन गरेपछि घरायसी कारणले मेरो पढाइ बीचैमा रोकियो। म चितवनमा नै अध्यापन गर्न थालेँ। यो समयमा मेरा दुई भाइ र बहिनीले पढ्ने मौका पाए।

त्यसबेला नेपालका गाउँमा प्रविधिको विकास भएको थिएन। प्रविधिको नाममा हामी आकाशमा हवाईजहाज देख्थ्यौं। हाम्रो गाउँको दक्षिणतिरबाट पश्चिमतर्फ हवाईजहाज जान्थ्यो। बूढापाकाहरू ढोरपाटन गएको भन्थे। हामी त्यसलाई आँखाले भ्याउन्जेल एकोहोरो हेरिरहन्थ्यौं। लाहुरेहरू छुट्टीमा घर आउँदा रेडियो बोकेर आउँथे। मलाई त्यति सानो बाकस भित्र मान्छे बसेर कसरी बोल्छन् भन्ने कुराले खुल्दुली हुन्थ्यो। एकपटक बजिरहेको रेडियोको छेउमा गएर भित्र के छन् भनेर राम्ररी नियालेँ। तर केही देखिनँ।

मैले १३ वर्षको उमेरमा बुवासँग पोखरा पेन्सन थाप्न आउँदा पहिलो पटक जिप देखेँ। जिप कुदेको देखेर एकदमै रमाइलो अनुभव भयो। पोखराबाट बुवाले नुन, तेल र सामान्य कपडा किनेर लैजानुहुन्थ्यो। लेकको बस्ती भएकाले हामी भातको सट्टा आलु र ढिँडो खान्थ्यौं। दसैंमा दुई दिन, तिहारमा एक दिन, चैते दसैंमा एक र माघे तथा साउनेसंक्रान्तिमा एक एक गरेर वर्षमा ६ दिन धानको भात खान पाउँदा औधी रमाइलो हुन्थ्यो। गुलियो चिया प्रजातन्त्र दिवसको दिन र जनैपूर्णिमाको मेलामा मात्रै खान पाइन्थ्यो।

त्यसको एक वर्षपछि नारायणघाटमा गाडी चढ्न पाउँदाको रमाइलोे आज पनि सम्झनामा आइरहन्छ। मैले कक्षा ९ मा भर्ना भएपछि मात्र पहिलो पटक चप्पल लगाउने मौका पाएँ। हाम्रो गाउँमा चप्पल जुत्ता लगाउने चलन नै थिएन। हामी हिउँ पर्दासमेत खाली खुट्टै हिँड्थ्यौं। पहिलो पटक चप्पल लगाउँदा मलाई दायाँ र बायाँ चप्पल छुट्ट्याएर लगाउन महिनौं लागेको थियो। बानी नपरेर मैले चार जोर चप्पल खोलेकै ठाउँमा छाडेर हराएको थिएँ।

दसैंमा दुई दिन, तिहारमा एक दिन, चैतेदसैंमा एक र माघे तथा साउनेसंक्रान्तिमा एक एक गरेर वर्षमा ६ दिन धानको भात खान पाउँदा औधी रमाइलो हुन्थ्यो। गुलियो चिया प्रजातन्त्र दिवसको दिन र जनैपूर्णिमाको मेलामा मात्रै खान पाइन्थ्यो।

चितवनमा अध्यापन गर्न थालेको १२ वर्ष भएको थियो। एसएलसी परीक्षाको विषयलाई लिएर सीडीओसँग मेरो ठूलो विवाद भयो। झगडाले उग्र रूप लिएपछि कडा स्वभावका उनले मलाई सात दिनसम्म थुने। म तत्कालै राजीनामा दिएर काठमाडौं आएँ। एकजना साथीको सल्लाहमा अमेरिका पढ्न जाने सोच बनाएँ। नयाँसडकमा रहेको अमेरिकन लाइब्रेरीमा गएर बुझेँ। त्यसबेला इमेल इन्टरनेटको सुविधा थिएन। चिठीपत्रको आदानप्रदान भएर मेरो काम बन्न डेढ वर्ष लाग्यो। म कुनै सोचविचार लिएर काठमाडौं आएको थिइनँ। मलाई अमेरिका पढ्न जान पाइन्छ भन्ने कुरासमेत थाहा थिएन।

अमेरिकामा मैले साइन्स र कम्प्युटर पढेँ। त्यतिबेला नेपालमा फाट्टफुट्ट कम्प्युटर आएको सुनिन्थ्यो। म पाको र मेहनती विद्यार्थी भएकाले पूर्ण छात्रवृत्ति पाएको थिएँ। यसले मलाई पैसाको दुःख भएन। पैसाकै लागि काममा समय खर्चिनु परेन। सारा समय पढाइमा खर्चिन पाएकाले मेरो अमेरिका बसाइँ महत्वपूर्ण रह्यो। धेरै कुरा सिक्ने मौका पाएँ।

अमेरिकाबाट फर्र्किएपछि गाउँमा हाइस्कुल बनाउन सक्रिय भइयो। गाउँमा इमेल इन्टरनेटको सुविधा पुर्‍याइयो। पर्यटन प्रवद्र्धन, आयआर्जन, प्रकृति संरक्षण, सामुदायिक विकासमा क्षेत्रमा काम गर्ने अवसर मिल्यो। हामीले १४ जिल्लाका दुई सय गाउँमा इन्टरनेट पुर्‍याएका छौं। हाल आविष्कार केन्द्रको माध्यमबाट प्रतिभाशाली युवालाई काममा आकर्षण गरिरहेका छौं। यो सामुदायिक विकासको कामजस्तो होइन। यसमा सफलता हात लाग्न लामो समय लाग्छ।

अनुसन्धानका काममा खर्च नगरेसम्म देश विकास हुन नसक्ने रहेछ। सानातिना कामले मात्रै देश विकास नहुने रहेछ। देशको समग्र आर्थिक अवस्थामा सुधार आएपछि मात्रै अन्य कुरामा सुधार हुने रहेछ। यसका लागि प्रतिभा पलायन हुन बाट रोक्नुपर्ने रहेछ। हाल विभिन्न समूहले १३ वटा काम गरिरहेका छन्। कतिपय छलफलका चरणमा छन्।

पढाइ भनेको स्कुल र क्याम्पसको औपचारिक पढाइ मात्रै होइन रहेछ। वरपरको वातावरणबाट समेत धेरै कुरा सिक्नुपर्ने रहेछ। हरेक कुरालाई जिज्ञासापूर्वक खोजी गर्नुपर्ने रहेछ। मान्छे सिर्जनशील भएन भने परनिर्भर बन्ने रहेछ।

अन्नपुर्ण दैनिका सम्वाददाता समीरबाबु कट्टेलले सामाजिक अभियन्ता पुनसँग गरेको कुराकानी

  • ७ मंसिर २०७५, शुक्रबार ०४:०५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    भक्तपुर औद्योगिक मेलामा तीन दिनमै २० हजार दर्शक
    अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ता प्रक्रिया जारी
    एक सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्यसम्पादन गरेको छ : सञ्चारमन्त्री गुरुङ

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU