सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

दलित विकास समितिद्वारा नगरपालिकालाई ज्ञापन पत्र पेश, मुक्ति समाजद्वारा द्विप प्रज्वलन

 धनबहादुर बिक पुनर्वास । अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस २१ मार्च को अवसरमा दलित विकास समिति पुनर्वास ले नगरपालिका मा ३ बुंदे ज्ञापनपत्र पेश गरेको छ । १. प्रत्येअन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा पालिकाले सन्देशमुलक सूचना कार्यक्रम सार्वजनिक गर्नुपर्ने ।

 

२. नगर तथा वहा स्तरिय जातिय विभेद तथा अनुगमन समिती बनाई तत्काल कार्यान्वयन ३ . जातिय विभेद तथा छुवाछूत प्रथालाई उन्मूलन गर्न प्रेरित गर्ने र यसका कानूनी पक्षहरुको प्रचार प्रसार व्यापक गर्ने खालका बोर्डहरु नगरको सार्वजनिक स्वतहरुमा स्थापना गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । दलित विकास समिति पुनर्वास का अध्यक्ष मदनलाल बिक , सचिव रबिन्द्र नकर्मि बिक , कोषाध्यक्ष गोमा रसाइली सहसचिव ईन्द्र बिक , दलित बुद्धिजीवी सुरेश गजुरेल लगायतको उपस्थितिमा पुनर्वास नगरपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत शिवराज भट्टलाई हस्तान्तरण गर्दै उक्त ज्ञापनपत्र नगरपालिका मा पेश गरिएको थियो ।

मानवताविरुद्ध हुने सबै प्रकारका जातीय तथा रङ्गभेदलाई अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेपछि नेपाल सन् १९७१ देखि त्यसको पक्ष राष्ट्र हो । त्यही कारण सन् १९६६ देखि हरेक वर्ष मार्च २१ लाई अन्तर्राष्ट्रिय दिवसकैरुपमा मनाउने गरिएको छ । मङ्गलबार ५८औं जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस मनाइँदै गर्दा ।

यही दिवसका अवसरमा दलित मात्रै होइन, गैरदलितसहितको समन्वय, संवाद र समझदारी बनाउँदै सबै प्रकारका जातीय भेद्भाव तथा छुवाछुतविरुद्ध लड्ने प्रतिबद्धता जरुरी रहेको दलित विकास समितिले जोड दिएको छ । जातिय उत्पीडनको पिडामा पिल्सीन वाध्य बनाइएका दलित समुदायको पक्षमा सबैको साझा राय सुझाव सहितको कार्यविधी तयार पारी सबै खालको विभेद जस्ता कुरिती र अपराधको समूल अन्त्य गर्दै समतामूलक समाज निर्माणको अनुभुति हुने गरि पहल कदमी सुरु गर्न तपशिलको माग सहित नगर प्रमुख स्थूलाई हार्दिक अनुरोधका साथै अपिल गर्दछ उक्त ज्ञापनपत्रमा उल्लेख छ ।

नेपालका संविधान, २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई नागरिकको मौलिक हकको रूपमा परिभाषित गरेको छ तथापी राज्यले कार्यान्वयनमा देखाएको उदासिनताका कारण दलितहरुले विभेद विरुद्धको मौलिक हकको अनुभूति पाउन सकेका छैनन्। सामाजिक न्यायको सुनिश्चितता पाउन सकेका छैनन् ज्ञापनपत्रमा जोड दिईएको छ । यसैबीच नेकपा एमाले निकट भातृ संगठन नेपाल उत्पिडित जातीय मुक्ति समाज जिल्ला कमिटी कञ्चनपुर ले ५८औं जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस का अवसरमा पुनर्वास नगरपालिका ६ प्रतिभानगर को खुला मञ्चमा द्विप प्रज्वलन गरि मनाएको छ ।

मुक्ति समाज कञ्चनपुर को आयोजनामा भएको कार्यक्रम मा समाजकि कञ्चनपुर सदस्य कलावति वड को सभापतित्वमा भएको द्विप प्रज्वलन कार्यक्रम का प्रमुख अतिथि प्रमुख अतिथि नेपाल उत्पिडपत जातीय मुक्ति समाज केन्द्रीय सल्लाहकार कमिटी सदस्य ममता टमटा रहनभएको थियोे । सन १९६५ मा रंगभेद बिभेदीकरण काला र गोरा जातिबिच भएको नरशंहार को बिरूद्धमा आन्दोलनको सुरूवात भएको अवसरलाई बिशेष दिवसको रूपमा नेपाल मा पनि मनाउन सुरुवात गरिएको बताईएको छ ।

मानव मानव विच समानता नहुनु राष्ट्र कै लागि लज्जास्पद बिषय हो । जसले गर्दा मुलुकले चाहे अनुसारको विकास हुन नसकेको कार्यक्रममा बोल्ने वक्ता हरूले जोड दिएका थिए । सबै खाले बिभेदको अन्त्य हुन सकेमा समाज र देसको विकास सम्भव रहेको वक्ता हरूले जोड दिएका थिए । कार्यक्रममा मुक्ति समाज सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिष्णु बिक , नेका एमाले प्रदेश कमिटी सदस्य सोमराज बराल , एमाले पुनर्वास नगर कमिटी अध्यक्ष पदम पुजारा , जिल्ला कमिटी सचिवालय महिला बिभाग कमिटी सदस्य सारदा बिष्ट धामि , जिल्ला कमिटी सदस्य आर पी सार्की लगायतका वक्ता हरूले आफ्ना भनाईहरू व्यक्त गरेका थिए ।

  • ८ चैत्र २०७९, बुधबार १०:२१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU