सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

निष्ट एलपिएलः सिद्धार्थ र लिटिल फ्लावर सेमीफाईनलमा

धनगढीमा जारी तेस्रो निस्ट लिटिल फ्लावर प्रिमियर लिगमा सिद्धार्थ शिशु सदन र लिटल फ्लावर बोर्डीङ स्कुल विजयी भएका छन्। आजको पहिलो खेलमा सावीक विजेता सिद्धार्थ शिशु सदनले सरस्वती मावि गेटालाई ३२ रनले पराजित भएको छ। जितसङ्गै सिद्धार्थ शिशु सदन सेमिफाइनलमा प्रवेश गरेको छ भने पराजित भएको सरस्वती मावि गेटा प्रतियोगिताबाट बाहिरिएको छ।

सिद्धार्थले जितको लागि दिएको १ सय ८८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १ सय ५६ रन बनाउन सक्यो। सरस्वतीको लागि हिक्मत सेठिले अविजित ६२, हृदय बिठारीले ४४, कप्तान आयुब चन्दले १३ रन बनाए। बलिङतर्फ सिद्धार्थका प्रतिस जिसिले २ र गजेन्द्र बोहराले १ विकेट लिए। यस अघि टस जितेर पहिला ब्याटिङ गरेको सिद्धार्थ शिशु सदनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो। पहिलो विकेट २ रनमा गुमाएको सिद्धार्थ शिशु सदनको लागि दोस्रो विकेटको रूपमा खडक बोहरा र सुरेन्द्र साउदले ऐतिहासिक १ सय २३ रनको साझेदारी गरेका थिए। सिद्धार्थ शिशु सदनको लागि ब्याटिङमा खड्क बोहराले अविजित १ सय ३, सुरेन्द्र साउदले ३७ र कप्तान प्रतिस जिसिले ३२ रनको महत्त्वपूर्ण योगदान दिए।

आजै सम्पन्न दोश्रो खेलमा लिटल फ्लावर स्कुल धनगढीले क्यास्पियन एकेडेमी धनगढीमाथि १७ रनको जित निकालेको छ। जितसङ्गै लिटिल फ्लावर स्कुल धनगढी सेमिफाइनल प्रवेश गरेको छ भने पराजित भएको क्यास्पियन एकेडेमी धनगढी प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावर स्कुल धनगढीले जितको लागि दिएको १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको क्यास्पियन एकेडेमी धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय २७ रन बनाउन सक्यो। क्यास्पियन एकेडेमी धनगढीको लागि दिनेश अधिकारीले ७२, रोशन अधिकारीले ३० रनको योगदान दिए। बलिङतर्फ लिटिल फ्लावर स्कुलका बिक्रम ठगुन्ना र सागर भण्डारीले समान २÷२ तथा शेर मल्ल र सुरज तिरुवाले समान १÷१ विकेट लिए। यस अघि टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावर स्कुलले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४४ रन बनायो। लिटिल फ्लावर स्कुलको लागि ब्याटिङमा शेर मल्लले ३४ तथा कप्तान बिपिन रावलले २२ रनको योगदान दिए। बलिङतर्फ क्यास्पियनको रोशन अधिकारि र निरज रावलले समान ३÷३ , आकाश चन्दले २ तथा दिनेश अधिकारिले १ विकेट लिएका थिए। शेर मल्ल खेलको म्यान अफ द म्याच भए।

  • २ मंसिर २०७५, आईतवार १२:२९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU