सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

दशै तिहारका बेला प्रशासनमा सेवा ग्राहीको भिडभाड

डीबी विष्ट कार्तीक २६ बझाङ । अरु समय खासै सेवा ग्राहीहरुको भिडभाड नहुने जिल्ला प्रशासन कार्यलय बझाङमा दशै तिहारको समयमा भने सेवा ग्राहीहरुको भिड भाड हुने गरेको छ ।
यो समयमा जिल्लाका अन्य सरकारी कार्यलयहरुमा सेवामा ग्रहीहरुको पातलो उपस्थिती हुने गरेको भए पनी जिल्ला प्रशासन कार्यलयमा भने दशै तिहारका बेला मानीसहरु घरमा आउने भएकाले जिल्ला प्रशासन कार्यलय बाट लिईने नागरीकता लगायत अन्य सेवा लिन यो समयमा सेवा ग्राहीहको बाक्लो उपस्थिती हुने गरेको छ ।


अन्य समयको तुलनामा दशै र तिहारमा पाहाडी जिल्लाहरुमा जिल्ला प्रशासन कार्यलय बाट लिईने नागरीकता, नागरीकताको प्रतिलीपी, राहादानी लगायत अन्य सिफारीस लिन आउने सेवा ग्राहीहरु बढी हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।
उनले भने अन्य समयमा दिनमा १० ।१२ जना सेवा ग्राही मात्र हुने गरेको भए पनी दशै तिहार यता भने दैनिक ६०।७० जना भन्दा बढी सेवाग्राही हुने गरेका बताए ।
दशै र तिहारमा बाहीर जिल्ला बसेका मानीसहरु घर फर्कने चाँडपर्व मनाउने र नागरीकता र राहदानी जस्ता कामहरु एकै पटक कनाउने भन्ने सोचका कारण पनी यो समयमा बढी भिडभाड हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीको भनाई छ ।
जिल्ला प्रशासनमा अहिले राहदानी पास्पोर्टको सीफारीस बनाउने सेवा ग्राही नागरीकता तथा नागरीकताको प्रतिलीपी लगायत अन्य सिफारीस बनाउने सेवा ग्राहीहरुको घुईचो नै देखीन्छ ।
एक बर्ष काठमान्डौ बसेर कोरीयन भाषा सिक्दै गरेका थलारा गाँउपालीका ६ घर भएका मनोज विष्टले दशै पनी बनाउने र यही अवसर पारी राहदानी बनाउनका लागी प्रशासन बाट सिफारीस लिन आएको बताए । उनी जस्तै अन्य काठमान्डौ, धनगढी, नेपालगंज, महेन्द्रनगर लगायत अन्य विभीन्न ठाँउमा बस्ने विद्यार्थीहरुको जिल्ला प्रशासनमा बढी रहेको पाईन्छ ।
सेवा ग्राहीहरुको चाप बढी हुन थाले पछी विहान ९ बजे नै कार्यलय संचालन गरी बेलुका ५ बजे सम्म सेवा दिदै आएको जिल्ला प्रशासन कार्यलयका कर्मचारी अञ्जु गिरीले बताउनु भयो ।


२०७० असोज बाट कम्प्युटराईज नागरीकता प्रिन्ट प्रविधी बाट नागरीकता दिन सुरु गरेको जिल्ला प्रशासनले हाल सम्म २२ हजार ४ सय ८७ नागरीकताहरु कम्प्युटर बाट प्रिन्ट गरी दिएको छ । यसका साथै कम्प्युटर सिस्टम आए पछी पुराना एक लाख २० हजार ३५१ नागरकिताहरु पनी कम्प्युटरमा ईन्ट्री भएका छन् ।
अब कम्प्युरमा १६ हजार जती नागरीकता ईन्ट्री हुन बाँकी रहेको बताईएको छ । २०२० सालमा नागरीकता ऐन आए संगै नागरीकता पाउन सुरु गरेको भए पनी बझाङ जिल्लामा भने २०२७ साल देखी नागरीकता लिएको अभिलेखमा उल्लेख छ ।
तत्कालीन समयमा जिल्लामा विषेश अधिकृतको कार्यलय बाट नागरीकता उपलब्ध गराउने प्रावधान रहेको थियो ।

  • २६ कार्तिक २०७५, सोमबार ०४:३९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU