सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

खेल मानव जीवनका लागि अनिवार्य कुरा हो : प्रदेश प्रमुख जोशी

धनबहादुर बिक, पुनर्वास । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले खेल मानव जीवनका लागि अनिवार्य कुरा भएको बताएका छन् । मङ्गलवार पुर्नवास नगरपालिका आयोजना गरेको नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । ‘

खेल मानव जीवनका लागि अनिवार्य कुरा हो । चाहेँ स्वास्थ्यलाई होस चाहेँ व्यवसायीक रूपमा यसलाई अघि बढाउनका निम्ति खेलकुदको निकै महत्त्व छ,’ उनले भने,‘ यस्ता प्रतियोगिताहरूले वास्तवमा ओझेलमा परेका खेलाडीहरूलाई अघि बढ्नको निम्ति उपयुक्त वातावरण तयार हुन्छ ।’ यस्तै उनले यस क्षेत्रको विकासका निम्ति र खेलकुदको विकासका लागि आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्न तयार रहेको र राष्ट्रपति रनिङ्गशिल्ड नगरपालिकाको लागि पहिलो जग रहेको बताए । ‘

राष्ट्रपति रनिङ्गशिल्ड नगरपालिकाको लागि पहिलो जग रहेको बताए । यस्ता खेलहरूले महत्त्वपूर्ण भूमिकाहरू खेल्दछन्,’ उनले भने, ‘यस क्षेत्रको विकासका निम्ति र खेलकुदको विकासका लागि यहाँ प्रदेश प्रमुखको हैसियतले मैले के के गर्न सकिन्छ । त्यो गर्नमा म तयार छु ।’ यस्तै नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्यद्धय वीर बहादुर थापा र दिवान सिंह विष्टले खेलाडीको अनुशासन अति आवश्यक रहेको बताए ।

पुनर्वासले राष्ट्रिय स्तरका खेलाडी समेत जन्माइसकेकोले अझै राष्ट्रिय स्तरमा यहाँका खेलाडी पुग्नेमा आफू विश्वस्त रहेको उनीहरूको भनाई छ । खेलकुदका लागि चाहिने खेलकुद मैदानको अभाव रहेकाले तीन तहको सरकारसँग छलफल गरी खेलमैदान निमार्णका लागि प्रदेश सरकारको तर्फबाट र आफूहरूको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाए ।

पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले यस्ता प्रतियोगिताले नगरमा खेलाडी उत्पादनमा टेवा पुग्नुका साथै नगरको समय पहिचान हुने बताए । उनले यस प्रतियोगिताका सम्पूर्ण खेलाडीलाई अनुशासनका साथ खेल सम्पन्न गर्न समेत अनुरोध गरे ।

आजबाट सुरु भएको नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता माघ २७ गते सम्म सञ्चालन हुने छ । सो प्रतियोगितामा नगरका २३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, एथलेटिक्स लगायतका खेलहरू हुनेछन्।

  • २५ माघ २०७९, बुधबार ०१:४७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU