सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

धनगढीको दिगो विकासका लागि पञ्चवर्षीय आवधिक योजना तयार हुँदै

धनगढीः धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले गत जेठ ९ गते पदभार सम्हाल्दै पञ्चवर्र्षीय आवधिक योजना निर्माण सम्बन्धी प्रस्ताव सदर गरेका थिए। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेस गरेको फाइलमा हस्ताक्षर गर्दै सो निर्णय गरिएको थियो। उक्त निर्णयअनुसार उपमहानगरपालिकाले एक परामर्शदाता कम्पनीसँग सम्झौता गरेर पञ्चवर्षीय आवधिक योजना निर्माणको प्रक्रिया सुरु गरेको छ।

आवधिक योजना बनेपछि धनगढीको दिगो विकासका लागि योजनाबद्ध काम सुरु हुने भएको हो। धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले पाँच वर्ष भित्र गर्ने कामको योजना तयार गर्न थालेको बताए। उनले पाँच वर्षमा गर्ने कामहरुको प्राथामिकताक्रम पनि छुट्याइने बताएका छन्। उनले भने, ‘आवधिक योजना तयार गर्दैछौँ। आवधिक योजना तयार भएपछि हामीलाई रकम माग गर्न सजिलो हुन्छ। पाँच वर्षको लागि हामीले गर्नुपर्ने कामहरुको प्राथामिकता निर्धारण गर्नेछौँ।’ नगरप्रमुख हमालले विज्ञहरुको समूहले धनगढीमा पाँच वर्षमा गर्नुपर्ने विकास निर्माणका योजनाको खाका दिने बताएका छन्।

 

धनगढीको योजनाबद्ध विकासका लागि आगामी आर्थिक वर्ष २०८०÷८१ बाट विकास निर्माणको काम सुरु हुनेछ। परामर्शदाता कम्पनीले चार महिनाभित्र पञ्चवर्षीय योजना तयार गर्नेछ। उक्त योजनामा धनगढीको भौतिक विकास, शैक्षिक विकास, स्वास्थ्य क्षेत्रको विकास, कृषि तथा पशुपंक्षी, सामाजिक तथा आर्थिक क्षेत्रलगायतको विकास समावेश गरिनेछ। परामर्शदाता एवं नेपाल सरकारका पूर्व सहसचिव रमेशकुमार अधिकारीले पाँच वर्षमा गर्ने कामको लिखित प्रतिवद्धता हुने बताए।

 

‘बजेट र स्रोत साधनको कमिका कारण योजना अलपत्र पर्ने जोखिम आवधिक योजनामा हुँदैन,’ उनले भने, ’वर्षीय योजनाको मार्गदर्शनका लागि पञ्चवर्षीय योजना बनाउन आवश्यक हुन्छ।’

आवधिक योजना छ भने कानूनी  र वित्तीय अनुशासन कायम हुने विज्ञहरूले बताएका छन्। पञ्चवर्षीय  योजना तयार भए, प्रदेश र संघ सरकारलाई रकम माग गर्न सहज हुन्छ। कागजी प्रमाणहरुलाई विश्वासयोग्य हुन्छन्। आवधिक योजना हुँदा उपमहानगरलाई योजनाबद्ध विकास गर्न सहज हुने अधिकारीले बताए।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार धनगढी उपमहानगरपालिकाले पञ्चवर्षीय योजना तयार गर्न थालेको हो। पञ्चवर्षीय योजनामा धनगढीको समग्र विकासको प्राथामिकीकरण गरिनेछ। धनगढीको विकास पाँच वर्षमा के–कस्तो हुने भन्ने सम्पूर्ण विवरण उल्लेख गरिएको हुनेछ।

धनगढीमा पाँच वर्षको विकासका लागि आवश्यक रकम तथा स्रोतको पनि जानकारी पञ्चवर्षीय योजनामा समावेश गरिनेछ। धनगढी उपमहानगरभित्रको दीर्घकालीन विकासका लागि पहिलो पटक आवधिक पञ्चवर्षीय योजना बनाउन लागिएको हो। पञ्चवर्षीय योजनाले विकासको खाँका कोर्ने काम हुने उपमहानगरले जनाएको छ।

उपमहानगरपालिकाले पहिलो पटक पञ्चवर्षीय योजना निर्माणको प्रक्रिया अघि बढाएको छ। चार महिनाभित्रै योजना तयारीका लागि उपमहानगरले परामर्शदाता नियुक्त गरेर सम्झौता गरेको हो।

उपमहानगरपालिकाले नीतिगत रुपमै योजनाबद्ध विकासका लागि पञ्चवर्षीय आवधिक योजना तयार गर्ने भएको हो। पहिलो पञ्चवर्षीय योजनाका आधारमा त्यपछिका अन्य आवधिक योजनाहरू तयार गरिने छन्। पञ्चवर्षीय योजनामा समावेश गरिएको प्राथमिकताक्रमको आधारमा उपमहानगरले वार्षिक योजना तयार गरेर काम गर्न सहज हुने छ। दिनेश खबरबाट

 

  • १२ माघ २०७९, बिहीबार ०९:३७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU