सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

वेपत्ता पत्रकारको खोजतलासका लागि प्रेस युनियन डोटीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

असोज २८, डोटी । गयको भाद्र ९ गते बाजुराको प्रसिद्ध धार्मिक क्षेत्र बुढीनन्दा मेलाबाट वेपत्ता पत्रकार तेजबहादुर खड्का “तेजु” को यथाशक्य खोजी गर्न माग गर्दै नेपाल प्रेस युनियन डोटीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।पत्रकार खड्का हराएको झण्डै २ महिना पूरा हुनै लाग्दा पनि हालसम्म कुनै पत्तो नलागेकाले जिल्ला प्रशासन कार्यालय डोटीमार्फत प्रेस युनियनले प्रधानमन्त्रीलाई  ध्यानाकर्षण पत्र पठाएको हो ।

बुढीनन्दा मेलाबाट फर्किने क्रममा सातपाखे भन्ने ठाउँबाट सम्पर्कबिहिन भएका पत्रकार खड्का अहिलेसम्म वेपत्ता छन् । उनको स्थलगत खोजी गर्न धेरै प्रयास भए पनि पत्ता लगाउन नसकिएकाले अब हवाई मार्गबाट समेत खोजी कार्य गरिदिन ध्यानाकर्षण पत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

खड्काको खोजीका लागि प्रयास गर्ने सबैलाई धन्यवाद दिदै उनको अवस्था पत्ता लगाउन उच्चस्तरको प्रयत्न आवश्यक रहेको युनियनको जोड दिएको छ ।

खड्का हराएको क्षेत्र हिमाली क्षेत्र भएको र त्यतिबेला मौषमी समस्या रहेकाले प्रभावकारी रुपमा उनको खोजी हुन नसकेको भन्दै अहिले मौसममा सुधार आईसकेकाले प्रभावकारी रुपमा खोजी कार्यलाई तिव्रता दिन आग्रह गरिएको छ ।

पत्रकार खड्काको अवस्था पत्ता लगाउन तालिम प्राप्त दक्ष टोली खटाई स्थलगत र हवाई गरी दुवै मार्गबाट खोजी कार्यका लागि ध्यानाकर्षण पत्रमार्फत आग्रह गरिएको छ ।पे्रस युनियनका डोटी जिल्ला अध्यक्ष प्रकाश बमले डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकराज बोहरामार्फत प्रधानमन्त्रीलाई सो ध्यानाकर्षण पत्र पठाएका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै बोहराले आफुले तत्काल फ्याक्स मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाउने प्रतिवद्धता व्यक्त गरे ।

ध्यानाकर्षण पत्र सुदूरपश्चिम प्रदेश सरकार, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, महासंघ सुदूरपश्चिम प्रदेश समिति र नेपाल प्रेस युनियन केन्द्रीय समितिलाई समेत बोदार्थ दिईएको छ ।

प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार खड्का मेलाको रिपोटिङ्ग गर्ने क्रममा भाद्र ६ गते बुढीनन्दातर्फ लागेका थिए । मेलाबाट फर्कने क्रममा उनि सम्पर्कविहिन भएका हुन ।

रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट पत्रकारिता शुरु गरेका खड्का हाल बाजुरा कोल्टीमा रहेको बुढीनन्दा एफएममा कार्यरत थिए ।  तेजबहादुरको तेजिलो आवाज र वाक कलाका प्रशंसकहरु धेरै रहेका छन् ।

  • २८ आश्विन २०७५, आईतवार १३:३२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU