सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बझाङमा वृहत यौनिकता शिक्षा सम्बन्धि बार्षिक समिक्षा गोष्ठी सम्पन्न

डिवि विष्ट, बझाङ । वृहत यौनिकता शिक्ष सम्बन्धि बार्षिक समिक्षा गोष्ठिी सम्पन्न भएको छ । मंगलबार सदरमुकाम चैनपुरमा एक वृहत कार्यक्रमका विच गोष्ठी सम्पन्न भएको हो । बृहत यौनिकता शिक्षा लागु भएका विद्यालयहरुका विद्यार्थि तथा फोकल प्रसन शिक्षकहरुको उपस्थितीमा गोष्ठी संचालन भएको थियो ।

ष्ठिीमा कार्यक्रम लागु हुन पुर्व र कार्यक्रम लागु भए पश्चात कार्यक्रमले पारेको प्रभावका विषयमा छलफल तथा बहस गरएिको थियो । कार्यक्रम लागु हुनु पुर्र्व धेरै जस्तो विद्यालयका किशोरीहरुलाई यौन तथा प्रजननका बारेमा खुलेर कुरा नगर्ने गरेका भएपनि कार्यक्रम लागु भए पश्चात अहिले सबै किशोर किशोरीहरु सकेत यौन तथा प्रजनन स्वास्थ्यका कुराहरु खुलेर गर्ने गरेको शिक्षोदय माविका छात्रा लक्ष्मि बोहराले बताईन्् ।

यस्तै आफुहरुको विद्यालयमा कार्यक्रम लागु हुनु पुर्व किशोरीहरु महिनावारी भएको समयमा विद्यालय नआउनुका साथै यौन प्रजनन्का कुराहरु खुलेर नबोल्ने परिपाटी रहेपनि विद्यालयमा किशोर किशोरी मेत्री सुचना केन्द्र स्थानपना भएपछि आफुहरुलाई सबै कुरामा परिवर्तन आएको भैरव मावि झोता विद्यार्थीहरुले जानकारी दिएका छन् ।

यस्तै भैरव मावि झोता फोकल प्रशन शिक्षक खगेन्द्रनाथ वियोगीले कार्यक्रम लागु हुनपुर्व विद्यालयहरुमा छात्रा मात्रै नभई छात्रहरु पनि यौन तथा प्रजन्काकुराहरु खुलेर नगर्ने परीपाटी रहे पनि अहिले भने यस्ता कुराहरु खुलेर गर्नुका साथै समुदायमा पनि सचेतना फैलाउने काम यहाँका विद्यार्थिहरुले गर्दै आएका बताए । जिल्लाको विथ्थडचिर गाँउपालिका, थलारा गाँउपालिका, केदार स्युँ गाँउपालिका र जयपृथ्वी नगरपालिका गरी ७ विद्यालयले कार्यक्रममा भाग लिएका थिए ।

कार्यक्रममा विद्यालयमा वृहत यौनिकता शिक्षा कार्यक्रम अन्तरग किशोर किशोरी मैत्रि सुचना केन्द्र स्थापना पश्चात किशोर किशोरीहरुले यौनीकता सम्बन्धि ज्ञान आर्जन गर्न पाएको यू एन एफ पि ए बझाङका अधिकृत धन बहादुर लम्सालले जानकारी दिनुभयो । युएन एफ पिएको आर्थिक सहयोग र फाया नेपालको सहकार्य तथा आयोजनामा एक दिने गोष्ठी सम्पन्न भएको फाया नेपालका अधिकृत रमेश थापाले जानकारी दिनु भयो । जयपृथ्वी नगरपालिकाका शिक्षा शाखाका निमित्त शिक्षा अधिकृत देबेन्द्र बहादुर जोशिको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय ईकाका निमित्त कार्यलय प्रमुख बसन्त सिहँ रहनु भएको थियो ।

यस्तै आज भएको गोष्ठीले रविना धामीको संयोजगत्वमा ९ जना सदस्य ए.एफ.आई.सी.जिल्ला कमीटी समेत विस्तार गरेको छ । जसमा सह संयोजक नरेश धामी,सचिब शैलेन्द्र जोशि, सह सचिब आषिश भण्डारी,कोषाअध्यक्ष खडक बोहरा, सह कोषाध्यक्ष स्मृति कठायत र सदस्यमा गगना गिरी, लक्ष्मि बोहरा र रमेश विष्ट रहनु भएको छ ।

यस्तै शैलेन्द्र बहादुर सहिँको संयोजगत्वमा ए.एफ.आई.सी. ब्यावस्थापक समिती समेत गठन गरएिको छ । जस अन्तरगत सह संयोजक सुदिप धामी, सचिब खगेन्द्य्र नाथ वियोगी, सह सचिब राम बहादुर रावल, कोषाध्यक्ष खेमराज भट्टर सदस्य केशब बोहरारहनु भएको छ । सल्लाहकारमा भने बसन्त बहादुर सिहँ, केशबराज भट्ट, नर बहादुर धामी र दिपेन्द्र जोशि रहनु भएको छ ।

  • १५ मंसिर २०७८, बुधबार १०:३३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU