सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

धनगढीका मेयर वड एन्टिजेन किट र न्यानो स्वागत व्याग बोकेर टोल टोलमा

कैलाली ।  धनगढी उपमहानगरपालिकाले टोल टोलमा स्वास्थ्यकर्मीलाई खटाएर कोरोना परीक्षणलाई निरन्तरता दिएको छ। उपमहानगरपालिकाको परिसरमा रहेको स्वाव संकलन केन्द्र भन्दा टाढा रहेका वडाहरुमै गएर कोरोनाको परीक्षणलाई निरन्तरता दिएको हो। कोरोना कहरमा स्वास्थ्यकर्मीसँगै एन्टिजेन र न्यानो स्वागत व्याग बोकेर नगर प्रमुख नृपबहादुर वड टोल टोलमा जाने गरेका छन्।

 

धनगढीका टोल टोलमा  एन्टिजेन किटमार्फत कोरोना परीक्षण भईरहेको नगर प्रमुख वडको भनाई छ। उनले नगरका नागरिकलाई ज्वरो आएमा, खोकी लागेमा र कोरोनाका लक्षण जस्ता संकेत देखिएमा तत्काल स्वाव संकलन र एन्टिजेन किटमार्फत परीक्षण लागि आउन समेत आग्रह गरे। नगर प्रमुख वड टोल टोलमा पुगेर कोरोना र अन्य ज्वरो आएका विरामीलाई घरमै औषधीका साथै स्वास्थ्य शिक्षा समेत दिने गरेका छन्।

सोमवार मात्रै धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा एन्टिजेन किटमार्फत टोल टोलमा परीक्षण गरिएको छ। २९ जना नागरिकमा गरिएको एन्टिजेन परीक्षणमा १ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको नगर प्रमुख वडले जानकारी दिए। सो वडाका नागरिकहरुलाई कोरोनाको जस्तो लक्षण देखिएको तर घरमै बसेकाहरुलाई एन्टिजेन परीक्षण गरिएको थियो।

धनगढी नगरपालिकाले २ दिन बाहेक अन्य दिन उपमहानगरपालिकाको परिसरमा रहेको स्वाव संकलन केन्द्रमा संकलनको कार्य भईरहेको छ। उपमहानगरपालिकाले भारतबाट नेपाल भित्रीने नेपालीहरुको एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मी खटाएको छ। निषेधाज्ञा र कोरोना संक्रमित भई होम आईसोलेसनमा बसेका र अन्य नागरिकलाई धनगढी उपमहानगरपालिको पहलमा वडा नम्बर १८ मा योग शिविर समेत सुरु गरेको छ।

विश्व शान्ति महाअभियान अन्तर्गत वडा नम्बर १८ मा योग शिविर सुरु गएको हो। शिविरमा शान्ति दुत योग यात्री विष्णुले योग सिकाईरहेका छन्।

  • १९ जेष्ठ २०७८, बुधबार ०५:०२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU