सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

खस क्षेत्रीलाई राज्यले उपेक्षा गरेको गुनासो

डीबी विष्ट असोज १४ बझाङ । परापूर्व काल देखि नेपालको कर्णाली तथा सुदुरपश्चिममा बसोबास गर्दै आएका खस क्षेत्री समुदायहरु राज्यले आफुलाई उपेक्षा गरेको भन्दै आफ्नो अधिकारका लागी संगठित हुन थालेका छन् ।

देशको परिवर्तित शासन ब्यबस्था संगै मुलुकमा रहेका बिभिन्न जात जाती बर्ग समुदायले राज्य बाट बिभिन्न आरक्षण सेवा सुबिधा पाएको तर मुलुकको शासन ब्यबस्था परिर्बतनका लागी आफ्नो बहुबल प्रयोग गर्ने खस क्षेत्रीहरुले उचित अधिकार नपाएको भन्दै यस क्षेत्रका खस क्षेत्रीहरु संगठित भएर आफ्नो हक अधिकारका लागी संगठित भएका हुन् ।


देशका भरिका जिल्लाहरुमा खसान राष्ट्रिय संर्घष समिती बनाउदै आएका खस अगुवाहरुले शनिबार बझाङ जिल्लामा पनि संर्घष समिती बनाएका छन् । गोपाल बहादुर कुंबरको अध्यक्षतामा तयार भएको बझाङ संर्घष समितीमा उपाध्यक्षमा मनोमाया खड्का , सचिब पदम बहादुर थापा , कोषध्यक्षमा धन बहादुर बोहरा लगायत ११ सदस्य कार्य समिती तयार भएको जिल्ला आउनु भएका खसान राष्टिय सर्घष समितीका केन्दिय संयोजक प्रेम खातीले जानकारी दिनु भयो । केन्दिय संयोजक खातीका अनुसार खसहरुको छुट्टै भाषा , संकृती , परम्परा , भुगोल हुदा हुदै पनि राज्यका नेतृत्व गर्ने केही ब्यक्तिको गलत नियत र सोचले खस जाती लाई आदीबासीको सुचिमा नराख्नु गलत भएकाले यसका बिरुद्धमा आफुहरुले सर्घष गर्नु परेको हो ।
नेपालको जनसख्याको करिब १८ प्रतिशत जनसख्या आगटेको खस समुदाय लाई कानुनि तथा संबैधानिक हक आदिबासीले पाउने जल जमिन र जंगल माथीको स्वामित्व बाट समेत बन्चित गरेको आरोप लगाए । संयुक्त राष्ट्र संघ र आईएलओ १ सय ६९ र युएनको एजेण्डा नम्बर २१को परिभाषा अनुसार पनि खस समुदाय लाई आदीबासीको सुचीमा समाबेस गरिनु पर्ने स्पष्ट ब्यबस्था हुदा पनि नेपाल सरकारको बिभेदकारी नितीले सम्पूर्ण खस समुदायको मानब अधिकारको हनन् भएको समेत खसान अगुवाहरुले आरोप लगाएका छन् । देश भरि संगठित हुन थालेका खस क्षेत्री समुदायले आफुहरु लाई आदिबासी सुचिमा राख्नु पर्ने माहकाली , सेती, भेरि र कणाली अन्चल लाई खसान प्रदेश बनाउनु पर्ने , खस आयोग गठन गर्नु पर्ने , मष्टो संस्कृतीको सम्मान गर्दै प्रदेशमा स्थानिय खस बिदा दिनु पर्ने खस भाषा लाई प्रदेशको कामकाजी भाषा बनाउनु पर्ने र खस भाषा लाई संबिधानको सुचिमा राख्नु पर्ने माग राखेका छन् । यसका साथै राज्यका सबै तह र अंगमा समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने जस्ता मागहरु रहेका खसान संर्घष समितीका अगुवा कृष्ण बहादुर थापाले बताउनु भयो ।
जिल्लामा आएको उनिहरुको टोलीले स्थानिय बासीन्दाहरुलाई भेला गरि नेपाली भाषाको उत्पती का साथै नेपाली संस्कृतीको बिकास भएको यस क्षेत्र लाई राज्यका र्शिषकहरुले उपेक्षा गरेको हुदा खसहरुको अधिकारका लागी लाग्न कार्यक्रममा जोड दिएको छ । बझाङ जिल्लामा संर्घष समिती बनाउन आएको टोलीमा खसान राष्ट्रिय संर्घष समितीका अगुवा प्रेम बहादुर खाती , कृष्ण बहादुर थापा , रामचन्द बानियाँ क्षेत्री , बिर सिंह क्षेत्री , शुसिला बिष्ट , रधुबिर सिंह ठगुन्ना र समितीका महासचिब आन्त बहादुर क्षेत्रीको सहभागिता रहेको थियो । बिगत चार बर्ष देखि खस क्षेत्री समुदायहरु संगठित भएर आप्नो हक अधिकारका लागी देशै भरि संर्घष समिती बनाउदै आएका छन् ।

  • १४ आश्विन २०७५, आईतवार ०४:२७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU