सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कर्णाली नदीसँग जोडिएका मोहना र काँड़ा नदीमा डल्फिन गणना शुरु

नेपालमा बैज्ञानिक प्रद्धतिबाट पहिलो पटक गरिएको ड़ल्फिन गणनाले विभिन्न उमेर समुहका ४ दर्जन ड़ल्फिन रहेको देखाएको छ ।

त्रिभुवन विश्वविद्यालयको प्राणीशाश्त्र केन्द्रिय विभागका प्राध्यापक डा.मुकेशकुमार चालिसेको नेतृत्वमा कर्णाली नदीसँग जोडिएका मोहना र काँड़ा नदीका विभिन्न स्थानमा गरिएको गणनाले ड़ल्फिनको उक्त संख्या देखाएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल जैविक विविधता अनुसन्धान समाजले संयुक्त रूपमा पहिलो पटक बैज्ञानिक प्रद्धतिबाट कर्णाली नदी र मोहनाको सहायक नदीका १५ स्थानमा एकै समयमा गणना गरेको हो । गणनामा संलग्न डा.मुकेशकुमार चालिसे ।

बेलाबखत भएका अनुसन्धानले कोसी, गण्डकी र कर्णालीमा पाईने भनिए पनि कर्णाली बाहेक अरु नदी प्रणालीमा धेरै समय नदेखिएको डल्फिन पछिल्लो केही समय यता मोहना र काँड़ा नदीमा ठुलो संख्यामा देखिदै आएका छन ।

मान्छेपछिको बुद्धिमानी प्राणी ड़ल्फिन संरक्षित सूचीमा छ भने सार्इटिसको अनुसूचि १ मा परेको र आईयूसिएनले रातो कितावको सूचीमा ड़ल्फिनलार्इ राखेको छ ।

प्राध्यापक डा.मुकेशकुमार चालिसे सहित प्राणी शास्त्रीहरू सुनिल खतिवडा, अनुज घिमिर सहितको ८० जनाको टोलीले डल्फिन पाईने १५ स्थानमा एकै समयमा गणना गरेका थिए ।

डल्फिन संरक्षँण केन्द्रले आईयुसिएनको सहयोगमा ती नदीको पानीको गुणस्तर र माछाका प्रजातिबारे अध्ययन गरको  थियो ।

डल्फिन नेपालमा पाईने एक मात्र स्तनधारी जलचर प्राणी हो । यो नेपाल बाहेक भारत, बंगलादेश र पाकिस्तानमा पनि पाईन्छ । यो पानीमै बस्छ र त्यहीं बच्चा जन्माउँछ । यसको थुतुनो लामो हुन्छ । थुतुनोमा एक अर्कामाथि खप्टिएर बसेका तिखा दाँत हुन्छन् । यसका खुट्टाहरू माछाका पँखेटा जस्तो देखिन्छन् । त्यसले यीनलाई पानीमा पौडिन सहयोग गरको हुन्छ । यसको शरीर खैरो फुस्रो रङको हुन्छ । जानकारहरूका अनुसार यो ७५ देखि १५० मिटर उचाईमा पाईन्छ । यसको तौल ६० देखि ८५ किलोसम्म हुन्छ । शरीरको लम्बाई २०० सेन्टिमिटरसम्म हुन्छ भने पुच्छरको लम्बाई २०० देखि २६० सम्मको हुन्छ । डल्फिनको मुख्य आहार माछा प्रजाति हो । यसले पुच्छरले आहारा समात्छ । डल्फिनका आँखा अत्यन्तै साना हुन्छन् । यसले आवाजबाट नै आहारको खोजी गर्छ । भाले भन्दा पोथी लामो हुन्छ । यो २८ वर्षसम्म बाँच्न सक्छ । जानकारहरूका अनुसार डल्फिन नदीको उल्टो बहाब हुने वा पानी घुमेको ठाउँमा बस्न रुचाउँछ । डल्फिनले एक घण्टामा ५५.५ किलोमिटरसम्मको यात्रा गर्न सक्छन् ।

  • २३ श्रावण २०७५, बुधबार १३:०० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU