सुशासन नीति बनाउन गाउपालिकालाई ज्ञापनपत्र
इन्द्र शाही डोटी । सुशासन नीति तथा सामाजिक जवाफदेहिताको औजारहरुबारे कार्यबिधि बनाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ ।
बुधबार वडा कार्यालयले आयोजना गरेको संबिधान दिवसको कार्यक्रममा केआईसिंह गाउपालिका वडा नं. ५ का शिक्षक, बुद्धिजीवी, महिला अगुवा तथा युवाहरुले गाउपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् ।

सो कार्यक्रममा रानागाउ स्थानिय सभाका संयोजक दुर्गासिं रावलले वडाअध्यक्ष रामचन्द्र राणामार्फत गाउपालिकाका अध्यक्षलाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । ज्ञापनपत्र बुझाउने क्रममा संयोजक रावलले नेपाल सरकारले बनाएको सुशासन प्रर्बधन रणनिती तथा कार्ययोजना २०७४ अनुसार स्थानिय तहहरुले नीति तथा कार्यबिधीहरु बनाउनु पर्ने भएपनि अहिलेसम्म बनाउन नसकेको ध्यानार्कषण गराउदै उनले गाउपालिकालाई सुशासनमा नमुना गाउपालिकारुपमा देख्न आतुर रहेको बताए ।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा वडाका जनप्रतिनिधी, बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक, पत्रकार, समाजसेवी बुद्धिजीवी तथा वडा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो । वडाअध्यक्ष राणाले सो ज्ञापनपत्र बुझ्दै स्थानियको चाहना अनुसार यथाशिघ्र सुशासन नीति तथा कार्यबिधीहरु बनाउन भुमीका खेल्ने बताए । उनले जनताको बिश्वास जीत्न तथा सार्वजनिक सेवालाई पारदर्शि तथा जवाफदेही बनाउन सकेमात्र संबिधानको सफल कार्यान्वयन हुन सक्ने बताउदै आफु त्यसका लागि सधै लडीरहने बताए ।
गाउपालिका अध्यक्ष लोकेन्द्र शाहीले पनि आफुले ज्ञापनपत्र बुझाएको बारे फोनमार्फत जानकारी पाएको बताउदै स्थानियले राखेको चासोले आफुलाई खुसी बनाएको प्रतिकृया दिए । गाउपालिकाले यथाशिघ्र सुशासन नीति बनाएर कार्यान्वयन गर्नेमा ढुक्क रहन आश्वासन दिएका छन् ।
केआईसिंहगाउपालिका र दिपायल सिलगढी नगरपालिकामा यूएसएड तथा एफएचआई३६०को सहयोगमा एफएमडिसीले पारस्परिक जवाफदेहिता परियोजना संचालन गरिरहेको छ । सो परियोजनाले स्थानिय तहलाई पारदर्शि र सुशासनमैत्री बनाउन स्थानीय स्तरमा छलफल गराउदै त्यस संग सम्बन्धीत नीति तथा कार्यबिधीहरुबारे छलफल गरिरहेका छ । रानागाउ स्थानिय सभापनि परियोजनाले स्थानिय समस्याहरुबारे छलफल गर्न गठन गरेको लुज नेटवर्क रहेको परियोजनाका पैरबी अनुसन्धानकर्ता मोहन पनेरुले जानकारी दिए । परियोजनाले स्थानिय सभामा छलफल गरी बिभिन्न बिषयबस्तुमा पैरबी गर्दै आएको पनेरुले बताए ।
वडा कार्यालयले आयोजना गरेको संबिधान दिवसको कार्यक्रममा पत्रकार मोहन शाही, सरस्वती माबिका प्रअ मीन राणा, मष्टेश्वर आधारभुत बिद्यालयका प्रअ चेत रावल, भूवनेश्वरी आधारभुत बिद्यालयका शिक्ष्ँक घनश्याम भट्ट लगायतले मनतव्य राखेका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया