नेपाल फोटो पत्रकार महासंघ कैलाली द्धारा रक्तदान
" १५ पिन्ट रगत संकलन "
असार ०६, धनगढी । नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको आयोजना र धनगढी डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रा.ली धनगढीको सहयोगमा शनिबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष पाण्डव पुजाराले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले देशमा लकडाउन चलिरहेका बेला रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको बताए । कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य अम्बी कुमारी थापाले यस कोरोना भाईरसको महामारी चलिरहेका बेला जोखिम मोलेर...

