कैलाली स्थित पहलमानपुरको चिस्यान भण्डारमा आगलागी, एक करोड बराबर क्षति

सुखड । सुदुर पश्चिम् प्रदेश कै सबैभन्दा ठूलो निर्माणधिन चिस्यान भण्डारमा आज शनिबार आगलागी भएको छ । कैलालीको घोडोघाडी नगरपालिका १० पहलमानपुरमा रहेको निर्माणाधिन चिस्यान भण्डारमा आगलागी भएको हो । आज दिउँसो करिब ३ बजे लागेको आगोले करिब १ करोड बराबरको क्षति भएको अस्थाई प्रहरी पोस्टका सहायक प्रहरी निरीक्षक प्रताप चन्दले जानकारी दिए । निर्माणाधिन कोल्ड स्टोरमा ओल्डिङ्गको काम भईरहेको र त्यसको झिल्का परेर आगो लागेको हुन सक्ने सहायक प्रहरी निरीक्षक...