भारतको गणतन्त्र दिवशको अवसरमा गौरीफन्टामा यसरी मनाए (भिडियो सहित)
धनगढी । भारतको गणतन्त्र दिवशको अवसरमा पलिया उद्योग व्यापार सँघका अध्यक्ष रबि गुप्ताको अगुवाईमा सिमा नाका गौरीफन्टामा विविध कार्यक्रमका सम्पन्न भएको छ ।
झण्डै २ घन्टा सिमा बन्द गरिएको उक्त भारतको गणतन्त्र दिवशको कार्यक्रममा एसएसबीका बटालियन कमाण्डेन्ट अमित कुमारले नेपाल भारत सिमा नाका गौरीफन्टामा रहेको भारतको झण्डोत्तोलन गरेर कार्यक्रम शुरुवात गरेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड विशिष्ट अतिथिका रुपमा उपस्थित थिए भने नेपालबाट गौरीफन्टा पुगेका उद्योगी‚ व्यापारी‚ सुरक्षाकर्मी र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक







तपाइँको प्रतिक्रिया