सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मदिरा व्यवस्थापनले गौमुल गाउँपालिकाका महिलामा खुशियाली
"मदिरा व्यवस्थित गर्नको लागि मदिरा सेवनकार्ड वितरण "

रमित बि.क. बाजुरा भदौ १८ । महिला दिन बित्यो जैशी देवी धामीको घरमा कलह नभएको । दिन नबिराई धामीको घरमा कलह हुन्थ्यो । खेतबारीको काम सकिएपछि जैशी घर लाग्थीन्, उनका श्रीमान स्थानीय पसमा लाग्थ्ये । जब गौमुल गाउँपालिकाले मदिरा निषेधको निर्णय गर्यो, त्यो मिति देखि नत घरमा कलह भएको छ, नत पैसा नै खर्च ।

हाल धामीको परिवारमा मात्र होइन गौमुल–३ पाते गाउँको सिंगो बस्ती नै शान्त छ । गाउँमा मदिराका पेटी नगएको तीन हप्ता बढी भयो भन्छन, वडा अध्यक्ष मान बहादुर बोहरा । मदिरा बन्दी गरिएकोमा गाउँलेहरु धेरै खुसी छन् । खुसी हुनेमा पनि महिला र बालबालिकाको संख्या बढी छ ।

मदिरा खाएर हल्ला गर्ने, एक आपसमा गाली बेइज्जती गर्ने काम पनि बन्द भएको छ । गाउँमा मदिरा खानेको संख्या नै भेटिन छोडेको स्थानीय प्रमिला धामीले बताईन् । रोकाया सोही गाउँपालिका वडा नं. ४ घोगाला बस्तीकी हुन् । घोगाला गौमुलकै बढी मदिरा विक्री वितरण हुने स्थान हो । गाउँका स्थानीय पसलमा पनि मदिरा विक्री वितरणमा पूर्ण बन्द गरिएको स्थानीय धर्म रोकायाले बताए ।

आफूलाई खान पाए पुग्छ भन्ने मान्यता राख्ने पुरुष यतिबेला गाउँपालिकाको निर्णयको स्वागत गरी बसेको अवस्था छ । पैसा माग्ने,घरको समस्या नबुझ्ने गर्थे,घरमा सानो सानो मदिराकै कारण भनाभन भईरहन्थ्यो,कापी किताबका लागि जुटाएको रकम पनि मदिरामै सक्ने गथ्र्ये गाउँपालिकाले सही निर्णय गरिदियो, स्थानीय जैशीदेवी धामीले बताईन् ।

बढ्दो मदिरा सेवनले गाउँमा झै झगडा बढेको र आपसी द्धन्द्ध सिर्जना हुने अवस्था आउन नदिन मदिरा व्यवस्थित गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । मदिरा व्यवस्थापनको निर्णयसँगै महिलाहरु खुसी भएका छन् । निर्णयको स्वागतमा महिला अधिकार मञ्चले गाउँमा र्याली जुलुस सहीत प्रर्दशन गर्ने गरेका छन् । निर्णयको सफल कार्यान्वन गर्नु पर्नेमा जोड दिन गाउँगाउँमा कार्यक्रम गर्ने गरिएको महिला अधिकार मञ्चका अध्यक्ष सरिता रोकायाले बताईन् । उसो त मदिरा व्यवस्थापन गर्ने गरिएको निर्णयको एक महिनाको अवधिमा आपसी विवाद र झगडाका घटनाहरु पनि कम भएको गाउँपालिका उपाध्यक्ष सिता रोकायाले बताईन् ।

गौमुल गाउँपालिकामा ६ वटा वडा रहेका छन् । सबै वडाका अध्यक्षलाई मदिरा सेवन गर्नेलाई मदिरा सेवन कार्ड खरिद गरेर मात्र खान पाउने र आफू खुसी गाउँपालिकाको निर्णय बेगर मदिरा सेवन गरे,कानुनी कार्वाही गर्ने निर्णय गरिएको न्यायीक समिति अध्यक्ष समेत रहेकी उपाध्यक्ष सीता थापा रोकायाले बताईन् ।

न्यायीक समितिमा मदिराकै कारण झगडा भएको भन्ने उजुरी पनि एक महिनाको अवधीमा नआएको पाईएको छ । त्यस अघि फोन मै भएपनि गाली गरेको, कुटपीट गरेका गुनासो आउने गरेका थिए, पछिल्लो एक महिनाको अवधीमा सुन्नमा आएको छैन्, थापाले थपिन् ।

गाउँमा उत्पादन गरिने घरेलु मदिरा पूर्ण रुपमा प्रतिवन्द गरिएको छ । युवामा बढ्दो दुव्र्यसनी र पारिवारीक रुपमा हुने आर्थिक नोक्सानीलाई ध्यानमा राखेर जिल्लाका त्रिबेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाले पनि मदिरा पूर्ण रुपमा बन्द गरेका छन् । जुन निर्णयले गाउँमा सकारात्मक प्रभाव परेको छ ।

  • १८ भाद्र २०७५, सोमबार ०४:३७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU