यस्ता छन् स्थानीय तहका कामहरु, कुखुराको खोर निर्माण देखी सडक नाटक सम्म
डीबी विष्ट भदौ १५ बझाङ । बझाङ जिल्लाका १२ वटा स्थानीय तहहरुले गरेका प्रशंसनीय कार्यहरु कुखुराका खोर निर्माण सम्बन्धी अभिमुखीकरण तालीम देखी सडक नाटक कार्यक्रमहरु रहेको पाईएको छ ।
विहीबार र शुक्रबार जिल्ला समन्वय समीतीको आयोजनामा संचालन गरीएको दोस्रो समिक्षा गोष्ठीमा गाँउपालीका र नगरपालीकाहरु गरेको प्रस्तुती करणमा सडक नाटक र तालीम संचालन गरीएका क्रियाकलापहरु लाई प्रसंशनिय काममा देखीईएको हो ।

जिल्लामा रहेका २ वटा नगरपालीका र १० वटा गाँउपालीकाहरुले बर्ष भरी गरेका काम र प्रगतीको समिक्षा गोष्ठीमा प्रस्तुतीकरण गरेको दुर्गाथली गाँउपालीकाको बर्ष भरीको उल्लेखनिय प्रशंसनीय कार्यहरु तिन वटा छन् । जसमा पहिलो बुदामा कुखुराको खोर निर्माण सम्बन्धि अभिमुखीकरण तालिम, दोस्रो बुदामा हजार दिनमा महिलालाई तरकारीका बोट वितरण र तेस्रोमा ईलाका प्रहरी कार्यलको स्थापन रहेका छन् ।
यस्तै यता सुर्मा गाँउपालीकाले बर्ष भरी गरेका कामहरु मध्ये प्रशंसनीय कार्यहरुमा बाल क्लब द्धारा, ५ वटै वडामा बालविवाह, छाउपडी प्रथा र छुवाछ्ुत प्रथा न्यनीकरणका लागी सडक नाटक संचालन, गाँउपालीका बाट ५ जना स्वास्थ्यकर्मी(अ.न.मी) भर्ना गरी २४ घण्टा प्रशुति सेवा प्रदान र सुर्मा उमाविमा बाल विवाह छाउपडी प्रथासम्बन्धी जनचेतनान मुलक कार्यक्रमहरु संचालन गरीएको उल्लेख गरिएको छ ।
चिर विथ्थड गाँउपालीकाको उल्लेखनीय प्रशंसनीय कार्यमा घर दैलोमा नै पुगेर समाजीक सुरक्षा भत्ता वितरण गरीएको, गाँउपालीकाका आवष्यक नियमावली तथा कार्यविधी निर्माण गरीएको, युवाका लागी विभन्न तालीमहरु संचालन गरीएका, मदिरा मुक्त गाँउपालीका घोषण गरीएको लगायतका छन् ।
जिल्लाको केदारस्युँ गाँउपालीकाले बर्ष भरीका प्रसंशनिय कार्यहरु मध्ये विद्यालयहरुमा अन्तरक्रिया कार्यक्रमहरु गरी विद्यालयमा बालबालीकालाई भर्ना अभियान संचालन गरीएको, वडा नम्बर १ मा तरकारी पकेट क्षेत्र अन्तरगत १४ वटा प्लाष्टिक टनेल र २ वटा फलामे टनेल निर्माण भएको, शाखा सडकहरुको डीपि आर तयार गरीएको लगायतका छन् ।
यस्तै साईपाल गाँउपालीका, मष्टा, तल्कोट, खप्तड छान्ना, थलारा गाँउपालीका, जयपृथ्वी नगरपालीका र बुंगल नगरपालीकाले बर्ष भरी गरेका काम र प्रगतीहरु तथा प्रशंसनीय कार्यहरु गोष्ठीहरु सम्पन्न, अन्तरक्रिया कार्यक्रम जनचेतना मुलक कार्यक्राहरु रहेको पाईएको छ ।
दिगो विकासको लक्ष्य राखी काम नगरेको स्थानीयहरुले आरोप लगाएका छन् ।
सबै गाँउपालीकाका अध्यक्षहरुले र नगरपालीकाका प्रतिनीधीहरुले बर्ष भरी गरेको काम आफुलाई नै चित्न बुझ्दो नभएको समेत बताएका छन् । पहिलो बर्ष सिकारु रुपमा नै गएका कारण चुनौती र समस्या भएका कारण यस्तो भएको गाँउपालीकाका प्रमुखको भनाई छ ।
आगामी दिनमा यसलाई सच्याएर जानु पर्ने देखीएको गाँउपालीकाका पदाधिकारीहरुको तर्क रहेको छ साथै गाँउपालीकाका प्रमुखहरुले पहिलो सीकाईको अभ्यास भएका कारण पनी चुनौती आएको बताएका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया