बलत्कारी हत्यारालाई पत्ता लगाई तत्काल सार्वजनीक गर्न मन्त्रालयमा धर्ना
धनगढी ८ भाद्र । बलत्कार पछि हत्या गरेकी निर्मला पन्तको वास्तविक अपराधिलाई तत्काल पत्ता लगाई कारर्वाहिको माग गर्दै महिला अधिकारकर्मी र मुल आयोजक समितिले शुक्रबार एक घण्टा धर्ना दिएका छन् ।
प्रदेश नम्बर ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गेटमा धर्ना दिदै दोषीलाई उम्काउन प्रहरी प्रशासनले बिभिन्न बहाना बनाएको आरोप लगाएका छन् ।
घटना भएको लामो समय बितिसक्दा पनि प्रदेश सरकार मौन रहेको भन्दै महिला अधिकारकर्मीले आपत्ती समेत जनाएका छन् । 
धर्ना कार्यक्रममा एक्बद्धता जनाउदै धनगढी उपमहानगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले दोषीलाई तत्काल पत्ता लगाई कारवाही गर्न माग गर्नुभयो । उहाँले यस्ता खालका घटना फेरी पनि दोहोरी न दिनका लागि यस कार्यक्रमलाई कन्चनपुर र कैलालीमा मात्र नभएर देशभरी गर्नुपर्ने बताउनुभयो ।
महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष निर्मला बागचन्दको नेतृत्वमा धर्ना कार्यक्रम भएको हो । उहाँले यो घटना महिलाको मात्र नभएर सबैले आवाज उठाउनुपर्ने बताउनुभयो । दोषीलाई तत्काल पत्तालाई सार्वजनीक नगरे आन्दोलनलाई शशक्त बनाएर लैजाने समेत उहाँले बताउनुभयो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया