सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

निर्वाचन कार्यतालिका सार्वजनिक गर्न नेविसंघले दियो २ दिने समयसीमा

जगतदल जनाला बिक सुर्खेत । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन तोकिएकै समयमा गराउन माग गरेका छन् ।

विश्वविद्यालयले यहि चैत्र २५ गते निर्वाचन गर्ने भने पनि हाल निर्वाचनका लागि वातावरण नगराएको भन्दै नेविसंघले निर्वाचनको मिति घोषणा एवं विभिन्न मागहरु सहित विश्वविद्यालयका निमित्त रजिष्ट्रार लिलाधर तिवारीलाई प्रेस विज्ञप्ती बुझाएको छ ।
विज्ञप्तीमा विश्वविद्यालयको केन्द्रिय क्याम्पस लगायत १० वटै आंगिक क्याम्पसहरुमा तोकिएको मितिमा निर्वाचन गराउन आवश्यक प्रक्रिया पुरा गरी स्ववियू निर्वाचन कार्यतालिका सार्वजनिक गर्न २ दिनको समयसिमा तोकिएको छ ।

साथै विद्यार्थी संघसंगठन ईन्जिनियरिङ संकायका विद्यार्थीहरु, स्ववियू लगायत विश्वविद्यालयसंग सम्बन्धित सरोकारवाला पक्षहरुसँग गरिएका सम्झैताहरु तत्काल कार्यान्वयन गनुपर्ने, राजनैतिक आस्थाका आधारमा शक्तिको आडमा गरिएको राजनैतिक हस्तक्षेप बन्द गर्नुपर्ने, अदातलमा विचाराधिन रहेको निजी सम्बन्धन प्रक्रिया अन्र्तगत कमिसनको खेल एवम् निजी स्वार्थका आधारमा ग्लोबल कलेजलाई दिइएको सम्बन्धन खारेज गरी विना सूचना विश्वविद्यालयले उक्त कलेजलाई थप गरिएका कार्यक्रम समेत खारेज गर्न माग गरिएको छ ।
साथै विज्ञप्तीमार्फत तोकिएको समयसिमाभित्र कार्यतालिका घोषणा नभएमा, तत्काल माग पूरा नभएमा र निर्वाचनको वातावरण सिर्जना गर्न ढिलाइ भएमा नेविसंघले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने जानकारि गराइएको छ ।


साथै नेविसंघका निवर्तमान केन्द्रीय सहमहामन्त्री ईश्वर विष्ट, निवर्तमान केन्द्रीय सदस्य हरी शर्मा, निवर्तमान केन्द्रीय सदस्य अनिलबहादुर शाही र निवर्तमान केन्द्रीय सदस्य विवेक आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेविसंघ निर्वाचनको पक्षमा इमान्दार रहेको भन्दै निर्वाचनको पक्षमा एकताबद्धहुन विद्यार्थीहरुलाई अनुरोध गरिएको छ ।

  • १२ चैत्र २०७५, मंगलवार १०:४१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU