समाज परिवर्तन गर्ने एक बलियो हतियार साहित्य- मन्त्री शाह
बाजुरा । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले समाज परिवर्तन गर्ने एक बलियो हतियार साहित्य भएको बताउनुभएको छ ।

सुदूर साहित्य प्रतिष्ठान बाजुराको प्रथम जिल्ला अधिबेशनका उद्घाटन गदैँ मन्त्री शाहले यस्तो बताउनुभएको हो ।
साहित्य भनेको समाजमा जे घट्यो त्यो कुरालाई टपक्क टिपेर ऐनामा जस्तै देखाउने कुरा भएको बताउँदै पछिल्लो समय पुराना संस्कृति लोप हुदैँ गईरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । संकतिलाई नबिर्सेन आग्रह गदैँ मन्त्री शाहले मुल प्रवाहमा बाजुराको साहित्यलाई देखाउनुपर्नेमा जोड दिनुभयो ।
आफु पनि संस्कृतिलाई माया गर्ने मान्छे भएकाले संस्कारलाई नेपाली समाज साहित्यको धनी समेत रहेको बताउनुभयो । समाज परिवर्तनका लागि कलम चलाउन उहाँले आग्रह गदैँ आफु सहयोग गर्ने तयार रहेको बताउनुभयो ।
एक फरक प्रसंगमा बोल्दैँ उहाँले बाजुरा जिल्लाको सिंगो विकासका लागि मिल्नुको विकल्प नभएको बताउनुभएको छ । जिल्लाको मुहार फेर्नेका लागि सम्पूर्ण राजनितिक दल मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । आफु प्रदेशमा रहुञ्जेल सम्म कसैलाई काखापाखा नभनी सहयोग गर्ने प्रतिबद्ध रहेको बताउनुभयो ।

विकास लागि आफु हरदम तयार रहेको बताउँदै कुनै कसुर बाँकी नराख्ने वचन दिनुभएको छ । साथै जिल्लामा छुवाछुत र जातिय भेदभावलाई अन्त्य गर्ने सबैले आफ्नो चेतनामा परिवर्तन ल्याउन अनुरोध गर्नुभयो ।
सुदूर साहित्य प्रतिष्ठानमा नयाँ नेतृत्व
सुदूर साहित्य प्रतिष्ठानले नयाँ नेतृत्व चयन गरेको छ । प्रतिष्ठानको मार्तडीमा आयोजिक प्रथम साधारण सभाबाट हर्क खडायत अध्यक्ष रहने गरी ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । तदर्थ समितिमा २ जना सदस्य थप गरेर समिति गठन गरेको निर्वाचन समिति संयोजक पुरबहादुर रावतले बताएका छन् ।
समितिमा उपाध्यक्ष बन्दना रोकाया, सचिव कृष्ण ओली (अबिरल), कोषाध्यक्ष सुनिता बाजुरेली, सहसचिव पदम कठायत, छन् । भने सदस्य रमित बिक(जिज्ञासु), वीरबहादुर विष्ट, रोशनी रोकाया र रिता शाही(ऋतु) छन् । तदर्थ समितिमा रहेका मध्ये सुनिता बाजुरेली, वीरबहादुर विष्ट र रिता शाही नयाँ अनुहार हुन् । नेतृत्व सर्वसम्मत चयन गरिएको हो ।
संस्कृतिको संरक्षण, कलाको प्रवद्र्धन र सष्टाको पहिचान हाम्रो अभियान” भन्ने उद्देश्य सहीत स्थापना भएको प्रतिष्ठानले जिल्लामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । साधारण सभाबाट निर्वाचित समितिले समाजको सकारात्मक विकास र सम्पदाको दस्तावेजीकरणका लागि काम गर्ने अध्यक्ष हर्कबहादुर खडायतले बताएका छन् ।
अधिवक्ता पुरबहादुर रावत संयोजक, बसन्त बिक र संगीता तिमिल्सेना सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई अविर टिका लगाएर जिम्मेवारीको औपचारिक घोषणा गरेको थियो ।
प्रतिष्ठानले बैशाख देखि ब्यान्तारो नामक मासिक पत्रिका प्रकाशन गर्ने भएको छ । भने मार्तडीमा साहित्यक सम्मेलन र फालासैनमा देउडा महोत्सव गर्ने तयाी गरिरहेको छ । कार्यक्रम बडिमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको थियो ।
गजल संग्रहको समीक्षा
सुदूर साहित्य प्रतिष्ठानको साधारण सभाको अवसरमा महिला गजलकार रिता शाही ऋतुको गजल संग्रह तितामिठा पलहरुको समीक्षा गरिएको छ । जीवनका भोगाई, आदर्श जीवन, प्रेमीला वार्तालापलाई समेटेर तयार पारिएको गजल संग्रहको जिल्लामा उपलब्ध सर्जकहरुले समीक्षा गरेका हुन् ।
काठमाडौंमा विमोचन गरिएको गीतको समीक्षा आफ्नै जन्मभूमिमा गर्न पाउँदा खुसी लागेको शाहीको भनाई छ । ५५ वटा गजल समावेश गरिएको संग्रहमा नारी वादी गजल, देश विकास र प्रेमीला क्षणहरुलाई समेटिएको छ ।
शाही बाजुराको हकमा कृति नै प्रकाशित गर्ने पहिलो महिला हुन् । शाहीका गजलको समीक्षा मालिका नमुना माविका प्रार्चाय एवं साहित्यकार शुभराज पाध्या, बाजुरा क्याम्पसका उपप्रध्यापक रुपक रौलेले गरेका हुन् ।
कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा पदम कठायतले स्वागत मन्तव्य राखेका हुन् । सुदूर साहित्य प्रतिष्ठानको साधारण सभासँगै तितामिठा पल गजल संग्रहको समीक्षा तथा अनौठो परीक्षा नामक म्यूजिक भिडियोको विमोचन एकै समारोहमा गरिएको हो ।
तदर्श समिति अध्यक्ष हर्क खडायतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश मन्त्री प्रकाश शाह रहेका थिए भने जिल्ला समन्वय समिति उपप्रमुख सुनिता सुनार, देउडा गायत एवं कानुन व्यवसायी पुरबहादुर रावत लगायतले शुभकामना मन्तव्य राखेका हुन् ।
धर्म सुनारको अनौठो परीक्षा
नव गायक धर्म सुनारको अनौठो परीक्षा नामक म्यूजिक भिडियोको विमोचन गरिएको छ । दोहोरो माया लगाउँदा भोग्नु पर्ने पीडालाई कथा बस्तु बनाएर निर्माण गरिएको गीतको मार्तडीमा औपचारिक कार्यक्रमका बीच विमोचन गरिएको हो ।
म्यूजिक भिडीयोको सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले विमोचन गरेका हुन् । सुदूर साहित्य प्रतिष्ठानको साधारण सभाको अवसर पारी विमोचन गरिएको गीतको दृश्य, शब्द र संगीत मन छुने खालको रहेको प्रतिक्रिया मन्त्री शाहले दिएका छन् ।
पूर्णकला विसी र धर्म सुनारको स्वर रहेको गीतका शब्द मलेसियामा रहेका बाजुराकै डम्मर विश्वकर्माले लेखेका हुन् । अमित बाबु रोकायाको लय रहेको गीतको भिडियोमा मोडल विमल अधिकारी र सञ्चिता शाहीले अभिनय गरेका छन् ।
मालाश्री रेकडिगं स्टुडियोमा रेकर्ड गरिएको गीत भावना म्यूजिक सोलुसनको उत्पादन वितरणमा म्यूजिक नेपालको यूटुव च्यानल मार्फत सार्वजनिक हुने भएको छ । माया प्रेममा हुने मिलन विछोडसँगै दुई तिरको माया गर्दा प्रेम प्रेमीकाले भोग्नु पर्ने यथार्थतालाई शब्द मार्फत गीतमा बोलिएको छ ।
हे भगवान दुखै दुख किन दियौं भन
जस्लाई मैले मरेनी पाउँदीन आखिर यस्तो अनौठो परीक्षा किन लियौं भन्ने, बोल रहेको गीतमा माया प्रेममा हुने मिलन बिछोडलाई कथा बस्तुमा उतारिएको छ । पहिलो पटकको अभ्यासमा पनि निकै मार्मिक गीत बजारमा ल्याएकोमा विमोचन समारोहमा सहभागिहरुले सुनारलाई बधाई दिएका छन् ।
जिल्लाकै सर्वाधिक विकट बिच्छ्यामा जन्मीएका धर्म सुनारले समाजको वास्तविक घटनालाई गीत मार्फत व्यक्त गरेका छन् । सानै देखिको सोच गीत गाउने भएकोले पहिलो सफलता पाउँदा खुसी लागेको सुनारले बताएका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया