धनगढीमा जिप दुर्घटना " ४ जना घाईते "
" ४ जना घाईते "

धनगढी । धनगढीमा जिप दुर्घटना हुँदा ४ जना घाईते भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ७ जोखौरताल नजिक बा १६ च ८१७९ नम्वरको जिप दुर्घटना हुँदा ४ जना घाईते भएका हुन्। सडकमा रहेको पोलमा जिप ठोक्किएर दुर्घटनमा परेको थियो। जिप खाल्डोमा परेको छ भने घाईते ४ जना नै प्रहरीको सम्पर्कमा भने आएका छैनन्।
घटनाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले ४ जना घाईते भएको जनाएको हो। प्रहरीले मादकपदार्थ सेवन गरेर गाडी चलाएकाले घाईतेहरु भागेको अनुमान गरेको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया