साथी दौतरी शिक्षा सचेतीकरण अभियान
धनगढी‚ १ फागुन । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत अभिभावकहरुका लागि साथी‚ दौतरी शिक्षा सम्वन्धि एक दिने तालिम आज शुक्रवार धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय, धनगढी ८ गाउँ धनगढीमा सम्पन्न भएको छ ।

राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत संचालित उक्त तालिम अभिभावकलाई घरमा पढाइ वातावरणलाई प्रवर्धन गर्न र नियमिति विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई प्रवर्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक अभिभावक बिच र शिक्षक अभिभावकबिच नियमित छलफल गर्न सहयोग गर्न ज्ञान सिपको विकास गर्ने उद्धेश्यले आयोजना गरिएको हो ।
तालिमको एक कार्यक्रमका विच धनगढी उपमहानगरपालिका वडा नं ८ कि वडा सदस्य पार्वती विकले उद्धघाटन गर्नुभयो । वडा सदस्य विकले तालिमले प्रारम्भीक तहका विद्यार्थीहरुको पठन सिपमा पर्याप्त सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा अभिभावकहरूलाई आप्mना बालबालिकाको शिक्षामा सकारात्मक रूपमा अभ्यस्त हुन, अभिभावकहरूसँग नियमितरूपमा सञ्चार कायम राख्न, अभिभावकहरूलाई आफ्ना बालबालिकाको सिकाइ र शिक्षासम्बन्धी अपेक्षित लक्ष्यहरू हासिल गर्न र विद्यार्थीको विद्यालय समयभन्दा बाहिरको पढ्ने समय वृद्धि गर्ने तर्फ केन्द्रित गराउनःज्ञान र सिपका वारेमा अधिकृत राजेन्द्र रैका र प्रारम्भीक कक्षा पढाई शिक्षक मिना चौधरीले अभिमुखीकरण गर्नु भएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया