सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बाजुरामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्यामा बृद्धि

रमित बि.क. बाजुरा । जिल्लामा पछिल्लो समय सुरक्षित गर्वपतन गराउने महिलाहरुको संख्यामा बृद्धि भएको छ । यस बर्षमा मात्र साविकको आटीचौर गाविसको आटीचौर स्वास्थ्य चौकीबाट ४१ जना महिलाहरुले सरक्षित गर्वपतन सेवा लिएका छन् ।
खप्तड छेडेदह गाउँपालिकामा पर्ने आटीचौर स्वास्थ्य चौकीबाट १ वर्ष भित्रमा सुुरक्षित गर्भपतन सेवा लिने महिलाहरुको संख्यामा उल्लेख बृद्धि भएको छ । सेवा सुरु हुनु अगावै सेवा लिनेहरुको संख्या कम देखिए पनि विस्तारै महिलाहरुले सेवा लिने क्रममा बृद्धि भएको छ ।
तथ्याङ्गक अनुसार हालसम्म ४१ महिला एवंम किशोरीहरुको ज्यान जोखिमबाट बचेको पाईएको छ । स्वास्थ्य संस्थाबाट सेवा नपाएको भए धेरै महिलाहरुले असुरक्षित गर्भपतन गराउने गरेको थियौँ सेवा सुचारु भएपछि धेरै सजिलो भएको स्थानीय कुशम ओलीले बताए ।
यसैगरी बुढीगंगा नगरपालिकाको देबलसैन र टाँटे स्वास्थ्य चौकीबाट साउन देखि माघ महिना सम्ममा जम्मा १ सय १ जना महिला तथा किशोरीहरुले सुरक्षित गर्भपतन सेवा लिएको सोही स्वास्थ्य चौकीका अनमी तारा कुमारी शाहीले बताईन् ।
यसैबीच कैलाशमाण्डौँ स्वास्थ्य चौकीमा पनि साउन देखि माघ सम्ममा ५४ जना महिला तथा किशोरीहरुले सुरक्षित गर्भपतन सेवा लिएको अनमी सावित्रि रोकायाले जानकारी दिए ।
२०७५ बैशाखबाट सेवा सुरु भएको कार्यक्रमले स्थानीय महिलाहरुलाई निकै सहज भएको स्थानीय महिलाहरुको भनाई छ । जिल्लामा सुरक्षित गर्भपतन सेवा निःशुल्क रुपमा सरकारले लागु गरेको १ वर्ष मात्र पुगेको छ ।

गर्भपतनले स्वास्थ्यमा पर्ने असरलाई रोक्न सहयोग  

ईच्छा नभएका गर्भहरु गर्भपतन गराउन आवश्यक महिला तथा किशोरीहरुलाई सुरक्षित रुपमा गर्भपतन गराउने वातावरण तयार पार्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको पीसविन बाजुरामा कार्यरत सुरक्षित गर्भपतन सेवा कार्यक्रम अधिकृत जुनु हिराचनको भनाई छ । गर्भपतन गर्नुपर्छ भन्ने कार्यक्रमको उद्देश्य नभएको तर असुरक्षित गर्भपतनका कारण आमाहरुको स्वास्थ्यमा पर्ने असरलाई रोक्न सहयोग पुर्याउन हिराचनको भनाई रहेको छ ।

  • २८ फाल्गुन २०७५, मंगलवार १३:४० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU