बाजुरामा करेन्ट लागेर बालिकाको मृत्यु
रमित बि.क.बाजुरा १९ फागुन । बाजुराको जगन्नाथ गाउँपालिका–४ थारीकाँडामा करेन्ट लागेर बालिकाको मृत्यु भएको छ ।

आज बिहान करेन्ट लागेर सोही वडाका गोबर्धन खत्रीकी १४ बर्षिया छोरी सिर्जना खत्रीको मृत्यु भएको प्रहरी जनाएको छ ।
मृत्यु हुनेमा सोही वडाका गोवर्धन खत्रीकी १४ वर्षीया छोरी सिर्जना खत्री रहेको निमित्त प्रहरी नायव उपरिक्षक लोकेन्द्रसिंह गुरुले बताएका छन् ।
बालिका बुबासंगै कुटानी पिसानी मिलमा अचानक बालिकाले ओढेको दोपट्टा मिल चलिरहेको बेला मेसिनमा बेरिएपछि बालिकाको करेन्ट लागेर मृत्यु भएको जिला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरिक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिनुभएको छ ।
मृतक बालिकाको शव पोष्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाईएको छ ।
मृतक बालिकाका बुबाले कुटानी पिसानी मिल सञ्चालन गर्दै आएको छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया