१२ औँ राष्ट्रिय प्राङ्गगारिक मेलामा गौमुल गाउँपालिका सहभागी
रमित बि.क. बाजुरा १७ फागुन । बाजुराको गौमुल गाउँपालिका घट्मुनाले यस पटकको १२ औँ राष्ट्रिय प्राङ्गगारिक मेलामा सहभागी भएको छ । काठमाण्डाँमा आजबाट सञ्चालन भएको मेलामा गाउँपालिका सहभागी बनेको हो ।

१२ औँ प्राङ्गगारिक राष्ट्रिय मेलमा गौमुल गाउँपालिका कृर्षि विकास शाखाले सहभागिता जनाएको छ ।
कार्यक्रममा समग्र बाजुरा जिल्लाको सिंगो पहिचान हुने गरी तथा बिभिन्न किसिमका रैथाने बालीको कार्यक्रममा प्रर्दशन गरी २ सय ५० बढी मानिसहरुले प्रर्दशनीमा राखिएका बिभिन्न परिकारहरु आज पहिलो दिन अवलोकन गरी चाखेकोे गौमुल गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले बताउनुभएको छ ।
मानिसहरुको बाक्लो सहभागिता रहेको मेलामा गौमुल गाउँपालिकामा स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरु कोदो,फाँपर,चिनो कागुनोका बिभिन्न परिकारहरु कार्यक्रममा प्रर्दशनमा राखेको गौमुल गाउँपालिका कृर्षि विकास शाखा प्रमुख रमेश बि.क.ले बताउनुभएको छ ।

आफुहरुले स्थानीय स्तरमा उत्पादन गरिएको रैथाने बालीका बिभिन्न परिकार,गाउँपालिकाको आर्गानिक सिमी बिक्री स्टल,कागुनो,मार्से,मुरेली मकै उतm कार्यक्रममा स्टलका रुपमा राखेको उहाँले बताउनुभयो ।
जिल्लाको राष्ट्रिय स्तरमै प्रतिनिधित्व गर्ने गरी कार्यक्रममा गाउँपालिकाले सहभागिता जनाएको । मेला आजबाट सुरु भई यहि फागुन १९ गते सम्म काठमाण्डौँमा सञ्चालन हुने भएको छ ।
कार्यक्रममा बिभिन्न परिकारहरु प्रर्दशनीमा राखेको अवलोकन गर्नेहरुले विकट बाजुराबाट समेत प्रतिनिधित्व गरेको प्रति धन्यवाद दिएका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया