धनगढीमा लिटल फ्लावर सुपर लिग शुरु
धनगढी, १३ फागुन । धनगढीम सोमबारबाट प्रथम मृग गार्मेन्ट लिटिल फ्लावर सुपर लिग अन्तरविद्यालय फुटबल प्रतियोगिता शुरु भएको छ । लिटल फ्लावर बोडिङ्ग हाईस्कुलको आयोजनामा प्रतियोगिता शुरु भएको हो । सोमबार विहान एक कार्यक्रमका बिच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर सिंहले प्रतियोगिताको उद्वघाटन गर्नु भयो ।

प्रतियोगिता फागुन १८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत पहिलो दिन तीन तीन खेल सम्पन्न भएका छन । सोमबार सम्पन्न भएका खेलहरुमा क्रीस्टल एकेडेमी, सैनिक आवाशिय माध्यमिक विद्यालय र पन्चोदय मा.बि विजियी भएका छन ।
प्रतियोगिता अन्तर्गत सम्पन्न उद्घाटन खेलमा आयोजना लिटिल फ्लावर बोर्डिङ हाई स्कुल धनगढीलाई क्रीस्टल एकेडेमीले १ गोल अन्तरले पराजित गरेको थियो । क्रीस्टलको जितमा म्यान अफ द म्याच घोषणा भएका दीपेन्द्र बोगटीले निर्णायक गोल प्रहार गरेका थिए ।
आज नै सम्पन्न दोस्रो खेलमा सैनिक आवासिय माध्यमिक माध्यमिक विद्यालयले स्टेपिङ स्टोन ईङ्गलिस स्कुललाई ४(० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । सैनिक आवासियको लागि बिकास पुन एक्लैले दुई गोल गरेका थिए भने मिलन रोकाया, सवल स्वारले १(१ गोल गरेका थिए ।
त्यसैगरी आज नै सम्पन्न तेस्रो तथा अन्तिम खेलमा पन्चोदय मा.बि. धनगढीले हिल वर्ल्ड ईङ्ग्लिस स्कुललाई २(० गोल अन्तरले पराजित गरेको छ ।पन्चोदयको लागि गोकर्ण जोशि र शुशिल बि.क.ले एक(एक गोल गरेका थिए । शुशिल बि.क. तेस्रो खेलमा म्यान अफ द म्याच घोषणा भएका थिए ।
लिटिल फ्लावर सुपर लिगलाई धनगढी चटकपुरमा रहेको मृग गारमेन्टले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितामा कैलाली र कञ्चनपुरका बिद्यालयमा अध्यायनरत बिद्यार्थीहरुका १२ टिम सहभागी हुने छन् । प्रतियोगिताको बिजेताले ३० हजार, उप बिजेताले १५ हजार, उत्कृष्ट खेलाडीले ३ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने शाहीले बताउनु भयो । प्रतियोगिता लिग कम नक आउट बेसिसमा सञ्चालन हुने छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया