सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

काठमाडौं २९  वैशाख । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाले आज स्कटल्याण्डसँऊ खेल्दैछ। खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

स्कटल्यान्डसँ खेल्दा नेपालले सो टिमविरुद्धको अपराजित यात्रालाई कायम राख्ने ध्याउन्नका साथ मैदानमा उत्रित्रने छ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत २०२३ मा स्कटल्यान्डले नेपालमा दुवै खेल हारेको थियो। भारतमा भएको विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा पनि नेपालले स्कटल्यान्डलाई हराएको थियो तर स्कटल्यान्ड एसोसिएट राष्ट्रमध्ये शीर्षस्थ टिम हो।

स्कटल्यान्ड विश्वकप क्रिकेट लिग–२ उपाधि रक्षा अभियानमा रहेको छ।

नेपालको अर्को प्रतिद्वन्द्वी अमेरिका रहेको छ। अमेरिकाका क्रिकेटरसँग एनपीएल खेलेको अनुभव छ। मिलिन्द कुमार, साइतेजा मुक्कामल्ला र कप्तान मोनाङ्क पटेलको उपस्थितिले बलियो ब्याटिङ भएको अमेरिकाको बलिङ पनि अनुभवी सौरभ नेत्रवाल्करका कारण सुदृढ छ।

पछिल्ला पाँच खेल हेर्ने हो भने अमेरिकासँग नेपालको प्रदर्शन कमजोर छ। पछिल्ला चार ओडीआईमा नेपाललाई हराउने अमेरिका घरेलु टिमका लागि कठिन टिम हुन सक्छ। नेपालले मे १६ र २२ तारिखमा अमेरिकासँग खेल्ने छ।

आईसीसी विश्वकप क्रिकेट लिग–२, २०२४–२७का खेलमा नेपाल २४ खेलमा आठ जित, १४ हार र दुई अनिर्णित खेलसहित १८ अङ्क बनाएर आठ राष्ट्र सहभागी प्रतियोगितामा पुछारबाट दोस्रो स्थानमै छ।

यसपालि पनि अर्को वर्ष विश्वकपको ग्लोबल क्वालिफायरमा स्वतः खेल्न र थप चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्न नेपालले बाँकीका १२ मध्ये धेरैभन्दा धेरै खेल जित्नुपर्ने बाध्यता छ।

विश्वकप ग्लोबल छनोट दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दै छन्।

नेपालले यसै महिना सकिएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गतकै ओमान र संयुक्त अरब इमिरेट्स यूएईसहभागी त्रिदेशीय शृङ्खला अन्तर्गत चारमध्ये तीन खेल जितेर विश्वकप ग्लोबल छनोटमा पुग्ने अभियानमा आशा भने जगाइसकेको छ।

सोही कठिन लक्ष्य पूरा गर्न नेपालले अब घरेलु मैदानमै सुरु हुने अर्को विश्वकप क्रिकेट लिग–२ त्रिदेशीय शृङ्खलामा चारै खेल जित्ने उद्देश्य राखेको छ। नेपालका लागि यो शृङ्खला सहज छैन।

नेपालको प्रतिद्वन्द्वी अमेरिका र स्कटल्यान्ड अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहेका टिम हुन्। अमेरिका २४ खेलमा १६ जित र ६ हारसहित ३६ अङ्क बनाएर अग्रस्थानमा रहेको छ। स्कटल्यान्ड २८ खेलमा १४ जित, आठ हार र छ अनिर्णित खेलसहित ३४ अङ्कमा रहेको छ।

नेपाल ए सँग भ्रमणकारी दुवै टिम अमेरिका र स्कटल्यान्डले अभ्यास खेलमा दुवै खेल हारेपछि नेपालको सिनियर टिमको मनोबल उच्च बनेको ।

यो सिरिजका लागि बसिर अहमदको स्थानमा ईशान पाण्डेलाई टिममा समावेश गरिएको छ।

यस्तै ओपनरका रुपमा कुशल भुर्तेल पनि टिममा फर्किएका छन्। पछिल्लो सिरिजमा विश्वास गरिएका अर्जुन कुमाल र विनोद भण्डारीले अर्को अवसर पाएका छन्उ।

नेपाललाई अनुकूल नतिजा दिलाउने जिम्मेवारी प्रमुख रूपमा दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेमा रहने छ। यी दुवै स्टार अहिले शानदार लयमा रहेका छन्।

नेपाली टिम सन्तुलित छ। घरेलु मैदानमा नेपाललाई समर्थकको हौसला पनि रहेको छ।

  • २९ बैशाख २०८३, मंगलवार ११:४६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म
    मन्त्री सिता बादी र UNFPA का प्रतिनिधि श्रीराम हरिदासबीच भेट वार्ता

    ताजा अपडेट

    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    राष्ट्रिय भेलामा समूहगत प्रस्तुतीकरण, प्रदेशगत छलफल तथा व्यापक सुझाव संकलनपछि ती सुझावलाई समेटेर अन्तिम...

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित

    काठमाडौँ ३० श्रावण । दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपाल (डीडान)को अध्यक्षमा कृष्ण गहतराज...

    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    • जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’
    • जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU