युनिक एकेडेमीको पाचौं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
डोटी ११ फागुन । युनिक एकेडेमीको पाचौं वार्षिकोत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका बिच शनिवारबार सम्पन्न भएको छ । डोटीको शिखर नगर पालिका – ६ तलकोटमा संचालनमा रहेको बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरि आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।

वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै शिखर नगर पालिकाका नगर प्रमुख सिता राम जोशीले आधारभूत तहमा बालबालिकालाई सिकाईमूलक र शिक्षाप्रेरित शिक्षा अहिलेको आवश्यकता रहेकाले उक्त शैक्षिक कार्यमा जोड दिन आग्रह गरे । छोटो समयमा बिद्यालयले राम्रो प्रगती गरेको बताउदै, शिक्षालाइ गुणस्तरीय वनाउन अभिभावक र शिक्षकको पनि महत्वपुर्ण भुमिका रहने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राज पाठकको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा शिखर नगर पालिकाका नगर उप प्रमुख धौलि देवि रावल, शिक्षा इकाई प्रमुख पदम साउद,उद्धव मल्ल, नेपाल पेश युनियनका अध्यक्ष प्रकाश बम, नेपाली कांगे्रस डोटी काठमाण्डौ सम्र्पक मञ्चका अध्यक्ष दिर्घ बलायर, नेपाली कांग्रसका नेता टिका फुलारा लगायतले शुभकामन मन्तव्य राखेका थिए ।
बार्षिकोत्सवका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा बिभिन्न बिधामा विजेता विद्यार्थीहरु पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा लोक देउडा गायक चेतन वोहर, केसव फुलारा र मिना नाम्जालिले सहभागिहरुलाई भरपुर मनोरन्जर प्रदान गरेका थिए । कक्षा पाच सम्म संचालनमा रहेको युनिक एकेडेमीमा ३ सय बिद्यार्थि अध्ययनरत छन्।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया