नागरिक संलग्नताका बिषयमा जानकारी पाउँदा खुशी
भाद्र ०५, धनगढी । एफएमडिसिको आयोजना र सुशासन परियोजना अन्र्तगत रहेको ग्राम विकास तथा अनुसन्धान केन्द्र धनगढी को सहयोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर १९ आईगाउँमा स्थानिय सरकारमा नागरिकहरुको संलग्नता बिषयक शिर्षकमा सोमबार अन्तक्रिया भएको छ ।

स्थानिय शासन प्रक्रियामा नागरिकहरुको सहभागी हुनसक्ने क्षेत्रहरु पहिचान गर्न सक्ने तथा सहभागीता अवसर, फाईदा र प्रक्रियाबारे जानकारी दिने उदेश्यले कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा एफएमडिसिका सुचना अधिकारी निराजन परियारले स्थानिय शासन प्रक्रियामा नागरिक संलग्नताको अर्थ, यसका फाईदा, संलग्नताका स्थानहरु, अभ्यासको उदाहरण, सार्वजनिक सुचनाहरुको स्वतःपुर्व खुलासा र सूचनाको हकको प्रयोग बिषयमा स्थानियहरुलाई जानकारी दिए ।
सहभागीहरुले स्थानिय सरकारको निती निर्माण प्रक्रिया, बजेटनिर्माण प्रक्रिया, सुचनाको हकको प्रयोग सम्बन्धी अनविज्ञ रहेको र कार्यक्रम पछि यसका बारेमा थाहा पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा ग्राम विकास तथा अनुसन्धान केन्द्रका कमल रेग्मी एफएमडिसीका रसुता जैरु अन्भेषा बागचन्द लगाएत ४७ जना स्थानियहरुको सहभागीतामा भएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया