खाताको विषयलाई लिएर हात हालाहाल
डीबी विष्ट,साउन ५ बझाङ ।सन्तोसी निमाविका प्रअ र सोही विद्यालयका विद्यालय ब्यावस्थापन समीतीका अध्यक्ष विच हात हालाहाल भएको छ ।
सोमबार विद्यालयको बैङ्कीङ खाताको विषयलाई लिएर विद्यालय ब्यावस्थापन समीतीका अध्यक्ष सुरेश रोकाया र प्रअ मन बहादुर कडायत विच हात हालाहाल भएको हो ।
२०७४ साल साउन १६ गते बसेको अभिभावकको भेलाले विद्यालयको बैङ्क खाता विद्यालय समीतीका अध्यक्ष रोकाया र प्रअ कडायतको नाम गरीने निर्णय गरेको थियो । असार महिना सम्म अध्यक्षको नाममा र प्रअका नाममा खाता भए संचालनमा भए पनी साउन महिना पछी भने विद्यालयका शिक्षक डबल कडायत र प्रअको नामा विद्यालयको खता संचालन भएको अध्यक्ष रोकायाले बताउनु भयो ।
यही विषयलाई लिएर विबाद हुँदा प्रअले आफुलाई कटपिट गरेको अध्यक्ष रोकायाको भनाई छ । प्रअले विद्यालय ब्यावस्थापन समीतीका अध्यक्ष माथी पहिलेको रिसीबी समेत रहेको भन्दै ज्यान मार्ने धम्की समेत दिएको आरोप विद्यालय ब्यावस्थापन समीतीका अध्यक्ष सुरेश रोकायाले लगाएका छन् ।
यता विद्यालयका प्रअले भने सो खाता संचालन आफ्नो र प्रअको नाममा नै भएको केवाईसि फारम भर्दा मेस्टीक भएर विद्यालयका शिक्षक डबल कडायत र आफ्नो नाममा खाता संचालन भएको हुन सक्ने बताएका छन् । सो बारे आफुलाई सबै कुरा जानकारी नभएको र मंगलबार आफु बैङ्कमा पुगे पछी मात्रै थाहा हुने प्रअ कडायतको भनाई छ ।
अध्यक्षले गाँउमा आफुलाईविद्यालयको रकम हिनामिना गरेको भन्ने आरोप लगाए पछी सामान्य विबाद भएको बताउनु भयो । यताराष्टिय बाणिज्उ बैङ्कले भने विद्यालयका प्रअ र विद्यालयका शिक्षक डबल कडायतको नाममा नै खाता संचालन भएको बताएको छ ।
असार महिना पहीला अध्यक्ष रोकाया र प्रअको नाममा भए पनी असार पछी खाता विद्यालयका प्रअ र शिक्षक कडायतको नाममा संचाल रहेको बैङ्कले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया