माग्ने बुढाले बाजुरामा,शनिवार आफ्नो बेजोड प्रस्तुती दिने
रमित बि.क.बाजुरा २५ माघ । चर्चित नेपाली हाँस्यकलाकार केदार घिमीरे माग्ने बुढा बाजुरा आएका छन् ।

हाँस्यबाग्यबाटै दर्शकहरुको मन जित्न सफल माग्ने बुढा क्रिएटर जोन एकेडेमीको बार्षिक उत्सव समारोहमा सहभागि हुन बाजुुरा आएका छन् ।
क्रिएटर जोन ऐकेडेमीको ७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार मार्तडी स्थित विद्यालय प्राङ्गगण दुनीमा सञ्चालन हुने भएको छ ।
समाज विकास र शैक्षिक रुपान्तरणका अभियानमा सरिक हुँदै आएका माग्ने बुढाले बार्षिक उत्सव समारोहमा आफ्नो बेजोड प्रस्तुती दिने भएका छन् ।
हाँस्य टोली श्रृंखला मेरी बास्सैबाट चर्चित बनेका माग्ने बुढा पछिल्लो समय चलचित्रमा समेत अभिनय गर्दै आएका छन् ।
माग्ने बुढाका साथ कार्यक्रममा टोली श्रृंखला भद्रगोलकी चन्द्रमुखी सितादेवी तिमिल्सेनाले पनि आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको क्रिएटर जोन एकेडेमीका व्यवस्थापक मानबहादुर कार्कीले बताए ।
कार्कीका अनुसार बार्षिक उत्सव समारोहको जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले उद्घाटन गर्नु हुने भएको छ । विद्यालयले २० गतेबाट सञ्चालन गरेको बार्षिक उत्सव कार्यक्रममा अन्तर सदनात्मक खेलकुद र साहित्यीक सप्ताह मनाईरहेको बिद्यालयका प्रिन्सिपल मीन बहादुर कार्कीले बताए ।
आज गर्ने भनिएको बार्षिक उत्सव समारोह मौसम प्रतिकुल भएका कारण शनिवार सारिएको हो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया