बाजुराका नौ वटा स्थानीय तहमा ३९ वटा आधारभुत स्वास्थ्य संस्था बन्ने
रमित बि.क. बाजुरा माघ २४ । जिल्लाका नौ वटा स्थानीय तहमा दुईवर्ष भित्र ३९ वटा आधारभुत स्वास्थ्य संस्था निर्माण हुने भएका छन् ।
प्रत्येक नागरिकलाई सहज स्वास्थ्य सेवामा पुहँच पुर्याउने सरकारको लक्ष्य अनुसार नै स्वास्थ्य चौकी नभएका वडामा आधारभुत स्वास्थ्य संस्था निर्माण हुने भएका हुन् ।

नौ वटा स्थानीय तहका ६९ वडा मध्ये ३९ वडा निर्माणका लागि सूचिकृत भएका छन् । भवन दुई चरणमा निर्माण गर्ने गरि प्राथमिकता निर्धारण गरिएको छ ।
संस्था निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वडाहरुको पहिचान गरिसकेको छ ।
जिल्लाका बुढीगंगा र बुढीनन्दा नगरपालिकामा सबैभन्दा बढी ७।७ वटा आधारभुत स्वास्थ्य संस्था निर्माण हुने छन् । भने खप्तड छेडेदह र स्वामिकात्र्तिक खापर गाउँपालिकामा सबैभन्दा कम २।२ वटा मात्र स्वास्थ्य संस्था निर्माण हुने उल्लेख गरिएको छ ।
संघिय सरकारको लगानीमा बडिमालिका नगरपालिका १, ३, ४, ५ र ९ नम्बर वडा गरि ५ वटा आधारभुत स्वास्थ्य संस्था बन्नेछन् । भने बुढीगंगा नगरपालिकाको १, २, ५, ६, ७, ९ र १० मा स्वास्थ्य संस्था बन्ने भएका छन् । खप्तड छेडेदह गाउँपालिका ३ र ६ नम्बर वडामा बन्ने भएको छ ।
यस्तै बुढीनन्दा नगरपालिकाको २, ३, ४, ६, ७, ८ र ९ वम्बर वडामा, गौमुल गाउँपालिकाको १, ३, ४ र ६ मा, हिमाली गाउँपालिकाको १, ४, ६ र ७ नम्बर वडामा स्वास्थ्य संस्था निर्माण हुने भएका हुन् ।
जगन्नाथ गाउँपालिकाको १, ३, ५ र ६ मा, स्वामिकात्र्तिक खापर गाउँपालिकामा २ र ५ मा र त्रिवेणी नगरपालिकाका २, ३, ५ र ६ आधारभुत स्वास्थ्य संस्था निर्माण हुने भएका हुन् । जिल्लामा एकैपटक ठूलो संख्यामा स्वास्थ्य क्षेत्रकै भवन निर्माणमा लगानी आएको यो नै पहिलो पटक हो ।
सहज र सुलभ स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत देशभरका २ हजार ४ सय ७३ वटा वडामा नयाँ आधारभूत स्वास्थ्य संस्था निर्माण हुने भएका छन् । यो वर्ष १२ सय वडामा र दोस्रो चरणअन्तर्गत आगामी आर्थिक वर्षमा १३ सय १० वटा संस्था निर्माण हुने भएका हुन् । सुदूर पश्चिम प्रदेशमा मात्र दुई चरणमा गरि ३१९ वटा आधारभुत स्वास्थ्य संस्था निर्माण हुने भएका हुन् ।
प्रतिनिधी सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको पहल र स्थानीयको मागको आधारमा संरचना बन्न लागेपछि जिल्ला बासी खुसी भएका छन् । सरचना निर्माण सँगै केही बाहेक सबै वडामा स्वास्थ्य सेंवा सुचारु हुने भएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया