प्रथम नरैनापुर दौड २०७५ उपाधी यादवले चुम्न सफल
नेपालगन्ज १९ माघ ÷ बाँकेको बघौडा क्षेत्र नरैनापुरमा ईतिहासमै पहिलो पटक सुशासन, समृद्धि र विकासका लागि शनिवार भएको प्रथम नरैनापुर दौड २०७५ तर्फ नरैनापुर गाउँपालिकावडा नं.६ काजयकिशान माविका विद्यार्थी तेजप्रकाश यादव प्रथम भई ट्रफीचुुम्न सफल भएकाछन् ।

त्यसै गरि दोस्रो स्थानमा नरैनापुर गाउँपालिकावडा नं.६ काजयकिशानमाविका विद्यार्थी राजेश यादव र तृतीय स्थानमा नरैनापुर गाउँपालिकावडा न.६ कै मन्साराम यादव भएका थिए ।
चौथो स्थानहुुने राजेन्द्र मौर्य, पाचौ स्थानमासूरजलाल हरिजन आएकाथिएभने छैठौ स्थानमा हंसराज विश्वकर्मा भएकाथिए । बिजयी हुुनेलाई क्रमशः७हजार, ५ हजार, ३ हजारनगद सहित प्रमाणपत्रले सम्मानगरिएको कार्यक्रम संयोजकरविन्द्र कुमार ज्ञवालीलेजानकारी दिए ।
त्यसै गरि प्रथम नरैनापुर दौड २०७५ तर्फ नरैनापुरमहिलातर्फ प्रथमभई नरैनापुर गाउँपालिकाकावडा नं.६ काआँचलचौधरीलेहातपार्न सफलभईन । त्यसै गरि दोस्रो बिनिताभण्डारी र तृतीयमालक्कीमौर्य भएको दौड एथ्लेटिक्स प्रशिक्षक रेस डाईरेक्टर चन्द्र बहादुुर गुुरुङले बताउनुुभयो । विजयी खेलाडीलाई नगद सहितप्रमाणपत्रले सम्मानगरिएको थियो । सो नरैनापुर गाउँपालिकाको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धानकेन्द्र नेपालगन्जको आयोजनामाभएकोप्रथम नरैनापुर दौड २०७५विजेताहरुलाई नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमदशाह, राष्ट्रिय मानवअधिकार आयोग, बाँकेका प्रमुुख चन्द्रकान्त चाँपागाई, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुुर बस्नेत र सनराईज बैंक लिमिटेड नरैनापुर शाखाकाप्रमुखखडक देवकोटा र कार्यक्रम ब्यवस्थापक लक्ष्मी तिवारी लगायतले पूरस्कार वितरणगर्नुु भएको थियो ।
सो पुरस्कार वितरणकार्यक्रममा पुरस्कार वितरणगर्नुहुदै नरैनापुर गाउँपालिकाकाअध्यक्षइस्तियाकअहमदशाहलेसो क्षेत्रको समग्र विकासकालागि खेलको माध्यमले भातृत्वविकास र शान्तिको सन्देश प्रवाहगर्न सफलहुुने हुदाँनरैनापुर प्रथम दौड २०७५ गरिएकोबताउनुुभयो । उहाँले नरैनापुर गाउँपालिकामाक्रिकेट खेलको लागि मैदानको शिल्यान्यास भईसकेको समेत जानकारी गराउनुुभयो ।
सो दौड प्रतियोगितामा त्यस क्षेत्रकायुवा, विद्यार्थी, किसान, कर्मचारी, महिला, समाजसेवीलगायत स्थानीयको उल्लेख्य रुपमा सहभागिता रहेको केन्द्रका अध्यक्ष विश्वजिततिवारीले बताउनुभयो साथै आगामीबर्षमाभब्यरुपमा खेलकूदकार्यक्रमगरिने समेत जानकारी गराउनुभयो । यस दौड प्रतियोगिताले नरैनापुर क्षेत्रमा खेलकुदको माध्यमले ठाउँको पहिचान, विकास, सुशासन सहितको सचेतनाअभिबृद्धिभएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीयअधिकृत दलबहादुुर बस्नेतले बताउनुुभयो ।
आजै नरैनापुर गाउँपालिकाको वडा नं.२ माकादरी यूवा स्पोर्टस क्लबको आयोजनामाआर्ठौ क्रिकेट खेल प्रतियोगिताको नरैनापुर गाउँपालिकाका अध्यक्षइस्तियाकअहमदशाहले रिबनकाटेर उद्घाटन समेत गर्नुभएको स्थानीययुवा सुुजिततिवारीले जानकारी दिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया