सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्ने पक्का

काठमाडौं २५ भदौ । दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा ओमानविरुद्ध ८७ रनको जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको उपाधिनजिक पुगेको छ ।

नेपाल दोस्रोपटक एसीसी प्रिमियर कपको फाइनलमा पुगेको हो । यसअघि टोली सन् २०२३ को च्याम्पियन बनेको थियो ।

बिहीबार मलेसियाको बायोमास ओभलमा सम्पन्न सेमिफाइनलमा नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८।१ ओभरमा ६० रनमै समेटियो ।

ओमानका जतिन्दर सिंहले २५ र जितेन रामानन्दीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका दीपेन्द्र र कप्तान सन्दीप लामिछानेले तीन–तीन तथा ललितनारायण राजवंशी र रोहितकुमार पौडेलले दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल तयार पारेको थियो ।

नेपालका दीपेन्द्रले सर्वाधिक ५१ रन प्रहार गरे । उनले ७६ बलमा चार चौका प्रहार गरे । बसिर अहमदले ४७, देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए ।

पाँचौँ विकेटका लागि दीपेन्द्र र बसिरले ९३ रनको साझेदारी गरेका थिए ।

ओमानका हसनैन शाह र जय ओडेदराले तीन–तीन, मोहम्मद इमरानले दुई तथा मुजिबर अली र सकिल अहमदले एक–एक विकेट लिए ।

अब नेपालले उपाधिका लागि साबिक विजेता यूएईको सामना गर्नेछ । यूएईले हङकङलाई सात विकेटले पराजित गर्दै लगातार तेस्रोपटक फाइनलमा स्थान बनाएको हो ।

  • २५ भाद्र २०८३, बिहीबार १९:३८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानमा व्यवसायसँगै जन्मभूमिसँग जोडिँदै दिलेन्द्र जोशी: लेकममा ‘प्रथम दशैं कप भलिबल’ आयोजना हुने ।
    आइची–नागोया एसियाडमा नेपालको प्रतिस्पर्धा जारी ।
    एनपिएस सामाखुसी चेस च्याम्पियनसिप सम्पन्न

    ताजा अपडेट

    रामपुर खाप छोटी भन्सार सञ्चालनको माग गर्दै संघर्ष समिति, निर्णायक आन्दोलनको चेतावनी ।

    प्रेमचन्द्र झा, रौतहट १९ असोज । रौतहटको परोहा नगरपालिका–९ स्थित रामपुर खाप छोटी भन्सार...

    भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि २३ कामदार र १९ बालबालिकासहितको परिवार अलपत्र ।
    " रौतहटको इँटाभट्टामा अलपत्र परेका ४२ भारतीय नागरिकको उद्धार "

    प्रेमचन्द्र झा, रौतहट  १९ असेज । रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका...

    • Out of imagination, ‘Bhotekhosi Nature Unstoppable Force’
    • गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।
    • जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग ।
    • रौतहटमा पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU