हिमाल डेन्टल रुस्लान धनगढी प्रिमियर लिग डिपीएलमा हाईजिन पार्टनर हुने भएको छ।
धनगढी । मङ्गलबार हिमाल डेन्टलका प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र धनगढी क्रिकेट एकेडेमीका निर्देशक प्रकाश खड्का बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

नगद र अन्य शिर्षकमा गरि ७ लाख रुपैयाँ बराबरको सम्झौता दुवै बीच भएको हो। डेन्टलले रुस्लान डिपीएल खेल्ने प्रत्येक खेलाडीलाई ५ हजार रुपैयाँ बराबरको निशुल्क दाँत चेक कप गराउने छ।
रुस्लन डिपीएल यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा आयोजना हुँदैछ।
डीपीएलको तेस्रो संस्करण अनुमानित लागत ५ करोड रुपैयाँको लागतमा फाप्ला क्रिकेट मैदानमा हुदैछ। लिगमा यो पटक पनि ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलिहरु रहेका छन् जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन्। यो पटक पनि डिपिएलले आफुलाई सर्वाधिक धनराशीको प्रतियोगिता हुने घोषणा गरिसकेको छ।
६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन्। डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५(१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन्।
टी(२० फम्र्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।
टिम र रणनीतिक खेलाडीहरु –
धनगढी स्टार्स – सोमपाल कामि
महेन्द्रनगर युनाइटेड – शरद भेसावकर
बिराटनगर किंग्स –करन केसी
रुपन्देही च्यालेन्जर्स – बसन्त रेग्मी
काठमाडौँ गोल्डेन्स – ज्ञानेन्द्र मल्ल
सीवाईसी अत्तरिया –दिपेन्द्र ऐरि
गत संस्करणको मुख्य प्रायोजक विजय डिस्टिलरीको रुस्लान क्रिकेटले डीपीएललाई यसवर्ष पनि मुख्य प्रायोजनको निरन्तरता दिएको छ।
विजय डिस्टिलरी र आयोजकका बीच यस संस्करणका लागि नगद र जिन्सी गरि १ करोड १० लाखको कीर्तिमानी सम्झौता भएको थियो।
आगामी तीनवर्षका लागि रुस्लानले डीसिएसँग मुख्य प्रायोजन सम्झौता गरेको हो। सम्झौता अनुसार प्रत्येक वर्ष सम्झौता रकम बढ्दै जानेछ।
प्रतियोगिताको इतिहास
देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिताको रुपमा २०७३ र २०७४ सालमा डीपीएलको पहिलो र दोस्रो संस्करण सम्पन्न गरिएको थियो। डीपीएल देशमै पहिलोपल्ट ६ वटा फ्रेन्चाइजी शहरहरुको नाममा टोली बनाउँदै अक्सन गराउने प्रतियोगिता पनि हो।
डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो। पहिलो संस्करणमा उसले विराटनगर किंग्स र दोस्रो संस्करणमा काठमाडौं गोल्डन्सलाई पराजित गर्दै उपाधि उचालेको थियो।
पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो र कुल पुरस्कार २८ लाख ५० रुपैयाँ थियो। यस्तै दोस्रो संस्करण तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाखसहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो।
यस्तै अर्को वर्ष सन २०११ ९१३ लाख बजेट, प्रथम पुरस्कार १ लाख० मा एसपीए कपको दोस्रो संस्करण, सन २०१३ ९२५ लाख बजेट, प्रथम पुरस्कार २ लाख० मा एसपीए कपको तेस्रो संस्करण र सन २०१५ मा चौथो संस्करण गरिएको थियो। चौथो संस्करणको प्रतियोगिताको बजेट ६० लाख थियो भने विजेता टोलीले ५ लाख तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ पाएका थिए।
त्यस्तै क्षेत्रीय स्तरमा पहिलो पटक विभिन्न ५ वटा स्थानहरुको नामबाट टिम बनाएर अक्सनद्धारा डीसीएल ९धनगढी क्रिकेट लिग० २०१५ मा सञ्चालन गरिएको थियो। त्यसलाई बृहत रुप दिदै तीनवर्ष अघिबाट डीपीएल सुरु गरिएको हो।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया