प्रविधिक बिषयका लागि तयारी थाल्नुहोसः नगरप्रमुख
धनगढी,१४ माघ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले प्राविधीक बिषय पठनपाठन गराउनका लागि तयारी थाल्न शिक्षक र अभिभावकहरु संग आग्रह गरेका छन् ।
सोमबार धनगढी उप–महानगरपालिका ७ मा रहेको सरस्वती माध्यमिक विद्यालयको ४६ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै नगरप्रमुख वडले नयाँ शैक्षिकसत्र बाट धनगढीका बढी भन्दा बढी विद्यालयमा प्राविधीक धारको पठनपाठन गराउने निति नगरपालिकाले लिएको बताए । उनले भने, कक्षा ९ देखि यहाँहरुले प्राविधीक बिषयमा पठनपाठन गर्ने वतावरण बनाउनु प¥यो त्यसका लागि सबै सहयोग गर्न उप–महानगरपालिका तयार छ ।
नगरप्रमुख वडले अभिभावकले चाहेमा मात्रै विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न सकिने बताए । अभिभावकहरुले विद्यालयमा आउने जाने र पठनपाठनको अबस्था बुझ्ने पनि गर्नुपर्छ नगरप्रमुख वडले भने,सामुदायीक विद्यालयहरुको पठन पाठन खस्कीनुको पछाडी अभिभावको उदासहिनता हो । सरकारले सामुदायीक विद्यालयमा ठूलो लगानी लगाएको भएपनि सोचे जस्तो प्रतिफल प्राप्त गर्न नसकेको बताए । उनले भने,‘अभिभावकको दायीत्व छोराछोरीलाई विद्यालयमा पठाउनु मात्रै नभएर विद्यालयमा पठनपाठन भैरहेको छ कि छैन भनेर बुझ्नुपनि हो ।
विद्यार्थीहरुले विद्यालयमा सिकेका राम्रा कुराहरु समाजलाई सिकाउनुपर्ने हुन्छ नगरप्रमुख वडले भने,तर यहाँ त्यस्तो पाईदैन । विद्यार्थीहरु सबैको सपना भएकाले मेहनतका साथ पढ्न आग्रह गरे । सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र शाहले विद्यालयमा अहिले पनि विद्यार्थीको तुलनामा भौतिक पूर्वाधारको अभाव रहेको बताए । उनले भने,माध्यमिक तह सम्म पठनपाठन भैरहेको विद्यालयमा माध्यमिकतहमा स्वीकृत दरवन्दी छैन । ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले विद्यार्थीका लागि सबै भन्दा ठूलो गहना अनुशासन भएको बताए । बार्षिकोत्सव कार्यक्रममा बिभिन्न क्षेत्रबाट विद्यालयमा योगदान पु¥याएका ब्यक्तिलाई सम्मान पनि गरिएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया