जेष्ठ नागरिकहरुसंग मनायो फाया नेपालले २४ औँ स्थापना दिवस "फलफुल,खाद्यन्न र विद्यालयलाई शैक्षिक सामाग्री वितरण "
धनगढी १० माघ । फाया नेपालले आफ्नो २४ औँ स्थापना दिवस स्थित रामजानकी यज्ञ जेष्ठ नागरिक दिवासेवा केन्द्रमा रहेका जेष्ठ नागरिकहरुसंग मनाएको छ ।

यस क्रममा रामजानकी यज्ञ जेष्ठ नागरिक दिवासेवा केन्द्रमा रहेका जेष्ठ नागरिकहरुलाई संस्थाका अध्यक्ष लोकराज भट््ट्, अनुगमन मूल्याक तथा संचार संयोजक शेर वहादुर बस्नेत र सस्थाका निर्देशक धर्मराज पाठकले संयुक्त रुपमा फलफुल खाद्यन्न वितरण गुर्नभएको थियो । भने उक्त अवसरमा जेष्ठ नागरिकहरुले भोग्नु परेका समस्या, सवाल, र जेष्ठ नागरिकको अधिकार लागि समाज र राज्यले खेल्नुपर्ने भूमिकाको वारेमा समेत अन्र्तक्रिया गरिएको थियो ।

कार्यक्रममा सस्थाका कार्यक्रम निर्देशक धर्मराज पाठकले वि.स. २०५१ साल माघ १० गते स्थापना भएको फाया नेपालले सबैखाले विभेदहरुको अन्त्य गर्दै समतामूलक समाजको निर्माणका लागि गठबन्धन र बहु साझेदारी मार्फत् सीमान्तकृत, पाखा पारिएका गरीब, महिला, द्वन्द्वपीडित र अपाङ्गता भएका ब्यक्ति,जेष्ठ नागरिक तथा समुदायको आधारभूत सार्वजनिक सेवामा पहुँच बृद्धि गर्न खाद्य सुरक्षा, वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन गर्न र जोखिम न्यूनीकरणमा आफ्ना विभिन्न गतिविधीहरु संचालन गर्दे आईरहेको बताउनुभयो ।
उक्त अवसरमा जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकहरुका लागि चिनी १२ किलो,चियापत्ती २ केजी,पारलेजी विस्कुट १३५० पाकेट,स्याउ ८ केजी,केरा ९ दर्जन सुन्तला, पिफर्म १४ वटा,र मग ५ वटा फाया नेपालका अध्यक्ष लोकराज भट्टले जेष्ठनागरिक सेवा केन्द्रका अध्यक्ष रवण श्रेष्ठ र संचालक सूर्य श्रेष्ठलाई हस्तान्तरण गर्नभएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिकहरुको सवाल र अधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वाफत फाया नेपालका अध्यक्ष लोकराज भट्ट,अनुगमन मूल्याकन तथा संचार संयोजक शेर वहादुर वस्नेत र कार्यक्रम निर्देशक धर्मराज पाठकलाई सम्मान समेत गरेका गरिएको थियो ।
खाद्यन्न तथा फलफूल वितरण कार्यक्रममा जेष्ठ नागरिक सेवा केन्द्रका संचालक सूर्य श्रेष्ठले फाया नेपाललाई धन्यवाद गर्नुभएको थियो । त्यसै गरी धनगढी वडा नं २ मा रहेको शैलश्वरी प्राथमिक विद्यालयलाई ४२९ वर्गमिटर कार्पेट,वालमैत्री शैक्षिक सामाग्री १ थान,प्लास्टिक वाल्टी ८ थान,प्लास्टिक मग ६ थान सस्थाका अध्यक्ष लोकराज भट्टले विद्यालयका प्रधानाध्यापक ईन्द्र फूलारालाई हस्तान्तरण गर्नुभएको थियो ।
स्थापना दिवसकै अवसरमा फाया नेपालले सस्थाका कार्य समिती,पदाधिकारी,कर्मचारी,तथा सस्थाका सदस्यहरु विच संयुक्त बैठक तथा अन्र्तक्रिया समेत आयोजना गरेको थियो । अन्र्तक्रियामा सस्थाका कार्यक्रम निर्देशक धर्मराज पाठकले सस्थाले हाल सम्म संचालन गरेका गतिविधी, उपलब्धी,चुनौती र अवसरहरुका वारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव मिना वास्तोला,स्वयमसेविका अम्विका भण्डारी,सस्थाका पूर्व सल्लाहकार गोविन्दराज जोशी,डिल्लीराज जोशी,समाजसेवी शिवकुमार फूलारा लगायतकाले मन्तव्य राख्नुभएको थियो । भने कार्यक्रमको संचालन सस्थाका कोषाध्यक्ष चिन्तामणी ढुगेलले गर्नभएको थियो ।।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया