पहिरोले घर बगाउँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते
रमित बि.क.बाजुरा भाद्र३। घर माथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–१ कुडीका नन्दे परीकी ४५ वर्षकी श्रीमती कला परि रहेकी छन् ।
पहिरोमा च्यापीएर नन्दे परि गम्भीर घाईते भएका छन्। शुक्रबार रातीको बर्षासँगै घर माथीबाट पहिरो आएको हो । पहिरोका कारण घर भित्रको सबै सामान पुरै क्षति भएको छ । गोठमा बाँधीएका गाई गोरु मरेका छन् । पहिरोले सोही गाउँ बस्ने सुरेन्द्र साउदको घर पूर्ण रुपमा क्षति पुगेको छ। साउदको घर भत्किएपछि सँगै जोडिएकका अरु पाँच परिवार विस्थापित बनेका छन् ।
सबै परिवार घर छोडेर गईसकेको प्रहरीले बताएको छ । विहान ५ बजेतिर पहिरो गएको उद्दारमा संलग्न दशरथ माविका शिक्षक शिवनाथ योगीले बताएका छन्। नाथका अनुसार पहिरोले घर पूर्ण रुपमा क्षती हुनुका साथै एक हल गोरु, दुई वटा गाई र दुईवटा गाईका बाच्छी मरेका छन् । राती नै गएको पहिरोका कारण बुढीगंगा नगरपालिका २ मुस्तोलाका चन्द्र रावतको गोठ भत्कीदा एक जना सामान्य घाइते भएका छन् ।
उक्त १२ परिवार विस्थापित बनेको स्थानीयले बताएका छन् । मुस्तोलामा मात्र थप दुई २ गाई १० बाख्रा १ गोरु र १ कुकुर मरेको बताईएको छ। पानी परिरहेको र बाटो ठाउँ ठाउँमा भत्किएका कारण प्रहरीको टोली घटनास्थल पुग्नमा ढिलाई भएको छ। यस्तै बडिमालिका नगरपालिका ४ रिलामा पनि पहिरो गएपछि स्थानीय २० बढी परिवार पहिरोको जोखिममा परेको वडा अध्यक्ष सुरेन्द्र नाथले बताएका छन् ।
यस्तै खप्तड छेडेदह गाउँपालिका ६ का पनि जोगी नाथ, विर्केसे नाथ सहीत चार परिवार पहिरोका कारण विस्थापित बनेका छन्। बुढीनन्दा नगरपालिका–१ पीपल डालीका १४ घर परिवार पहिरो बग्न थालेपछि खुला चौरमा बस्न सुरु गरेको प्रहरीले जनाएको छ ।
फोटो क्याप्सन ःपहिरो पिडितको उद्दार गदैँ स्थानिय र पहिरो पिडित बिद्यालयमा ओत लगाउन बसाईएको ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया