सामाजिक उत्तरदायीत्वको क्षेत्रमा सहयोग गर्न नगरप्रमुखको आग्रह "संगम बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवश समारोह । "
धनगढी, ४ माघ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सामाजिक उत्तरदायीत्वका क्षेत्रमा सहयोग गर्न नगरका सहकारी संस्थाहरु संग आग्रह गरेका छन् ।
संगम बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवश समारोहमा बोल्दै नगरप्रमुख वडले यस्तो आग्रह गरेका हुन । उनले आफुहरु धनगढीलाई मानवताको शहर बनाउने अभियानमा जुटेको बताए ।
यो पवित्र अभियानमा जुट्न सबै संघ संस्था र नगरबासी संग आग्रह गर्दछु नगरप्रमुख वडले भने,हाम्रो चाहना भनेको कुनैपनि मानसिक बिरामीहरु सडकमा तड्पीनु नपरोस भन्ने हो ।
धनगढीमा मानव सेवा आश्रमले सडकमा छोडिएका २१ जना असहायहरुलाई आश्रय दिएको छ नगरप्रमुख वडले भने,यहाँहरुले सामाजिक उत्तरदायीत्वको क्षेत्रमा छुट्याएको रकम त्यहाँ खर्च गर्न म अनुरोध गर्दछु । नगरबसीले गरेको मुठि दानले पनि ठूलो सहयोग पुग्ने नगरवासी संग आग्रह गरे । धनगढी नगरका कतै कुनै मानसिक रोगि सडकमा भेटिए मानव सेवा आश्रमलाई खवर गर्न पनि नगरप्रमुख वडले जानकारी दिए ।
यसै बिच संगम बचत तथा ऋण सहकारी संस्थाले मानव सेवा आश्रमलाई ७ वटा बेड – खटिया) हरु सहयोग गरेको छ । संस्थाले मानव सेवा आश्रमकी कल्पना भट्टलाई बेड हस्तान्तरण गरेको हो । आफ्नो स्थापना दिवशको अवसरमा बुहत रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।
संस्थाले बिभिन्न क्षेत्रमा उत्कृष्ठ काम गर्ने कर्मचारीहरु समेतलाई सम्मान गरेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया