सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

ग्रेडिङ्ग मुल्यांकन पद्धतीका बारेमा अन्यौलता छः नगरप्रमुख

धनगढी, ३ माघ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले ग्रेडिङ्ग मुल्यांकन पद्धतीका बारेमा अन्यौलता रहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय परीक्षा बोर्ड योजना अनुगमन तथा मुल्यांकन महाशाखा सानोठिमीले धनगढीमा आयोजना गरेको एक बिषय लेटर ग्रेडिङ्ग सम्वन्धी अभिमूखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । उनले ग्रेडिङ्ग पद्धतीका बारेमा विद्यार्थी मात्रै नभएर अभिभावक समेतमा अन्यौलता रहेको बताए ।

यस बारेमा स्वयं परीक्षा दिने विद्यार्थीले बुझ्न पाउनुपर्छ नगरप्रमुख वडले भने,यस्तै अभिमूखीकरण कार्यक्रमले बुझाउन सक्छ । यो पद्धतीको बारेमा ब्यापक छलफल चलाएर मात्रै कार्यान्वयनमा ल्याएको भए अहिले अन्यौलता आउने थिएन नगरप्रमुख वडले भने,अझैपनि छलफलको दायरालाई ब्यापक बनाउन अनुरोध गर्दछु ।

नगरप्रमुख वडले अहिले सरकारले दिईरहेको शिक्षा नितिले शैक्षिक बेरोजगारी मात्रै बढाएको बताए । आधा उमेर र पैशा पढाईमा नै खर्च गर्नुपर्ने र त्यसपछि पनि रोजगारी नपाउने शिक्षाले गरिवी बढाएको छ नगरप्रमुख वडले भने,अहिले चाहिएको ब्यावहारीक र गरिखाने शिक्षा हो ।

नगरप्रमुख वडले प्राविधीक बिषयको पढाई सुरु गर्न विद्यालयहरु संग आग्रह गरे । धनगढी नगर क्षेत्रका विद्यालयहरुलाई प्राविधीक शिक्षातर्फ अग्रसर गराउने निति आफुहरुले लिएको नगरप्रमुख वडले बताए । कार्यक्रममा जिल्ला शिक्षा अधिकारीहरु, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा ब्यबस्थापन कार्यालयका प्रतिनिधीहरु, विद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु लगायतको सहभागिता रहेको छ ।

 

  • ३ माघ २०७५, बिहीबार १२:४५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU