शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई निकुञ्ज भएपछि पर्यटकको सँख्या दोव्वर "प्रकृतिको अनुपम उपहार "
कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई निकुञ्ज बनाएसंगै पर्यटकको सँख्यामा दोव्वरले बृद्धी हुनुको साथै बन्यजन्तुको सँख्यामा समेत बृद्धि भएको अधिकारीहरुले बताएका छन । झण्डै ४४ बर्ष अगाडी शिकार आरक्षको रुपमा स्थापना गरिएको शुक्लाफाटा बन्यजन्तु आरक्षलाई २ बर्ष अगाडी राष्ट्रिय निकुञ्ज बनाईएपछि पर्यटकिय गतिविधि बढेको हो । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्षलाई निकुञ्जका रूपमा रूपान्तरण गरेसंगै पर्यटकहरुको सँख्यामा दोव्वरले बृद्धी भएको हो ।

निकुञ्ज घोषणापछि यस क्षेत्रको पर्यटन विकासले फड्को मार्ने अपेक्षा गरेका उपभोक्ताहरु पनि पर्यटक आगमनसँगै आर्थिक गतिविधि बढ्न थालेपछि खुशि उत्साही भएका छन । स्थानीय बासिन्दाहरु । एसिया कै सबै भन्दा ठुलो झुण्डोमा बाहर्सिँहा रहेको शुक्लाफाँटामा पर्यापर्यटन प्रवर्द्धन गर्न उद्देश्यले निकुञ्ज बनाइएको यो निकुञ्जमा पछिल्लो समयमा पर्यटक आउने क्रम दोब्बरले बृद्धि भएको निकुञ्जले जनाएको छ ।

विगतका बार्षिकहरुमा २ हजार देखि ३ हजार पर्यटक आउने गरेकोमा अहिले त्यो सँख्या बढेर ५ हजार पुगेको निकुञ्जको तत्थ्याँकले देखाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख सँरक्षण अधिकृत गोपाल बहादुर घिमिरेले व्यावस्थापन व्यवस्थित भएका कारण बाघ‚ गैडा‚ चितल‚ बाहसिँघा जस्तो बन्यजन्तुको सँख्या बृद्धि भएको छ । यसका साथै पर्यटकहरु विगतमा २ हार २‚ ३ सय आउनेगरेकोमा यस वर्ष त्यो सँख्या बढेर ५ हजार पुगेको छ भने । उनले निजी क्षेत्रबाट पनि प्रयास हुन सके अँझै पर्यटक बढ्न सक्छ भने ।

होटेल व्यवसायी प्रमानन्द भण्डारी पनि बन्यजन्तु आरक्ष मात्र हुँदा पर्यटकीय गतिविधि सञ्चालन गर्न बाधा भएकोमा निकुञ्ज भएपछि निकुञ्ज भित्र पर्यटकिय विकासका लागि भौतिक संरचना निर्माण हुन थालेसँगै पर्यटकीय गतिविधि बढेको बताउँछन ।
पर्यापर्यटन प्रवर्द्धन गर्ने शुक्लाफाँटा वन्यजन्तु आरक्षणलाई निकुञ्ज बनाइएकोमा अहिले लक्ष्य उन्मूख भई रहँदा निकुञ्ज भित्र होटल सञ्चालन गर्न सकिए पर्यटकको सँख्यामा अझै बृद्धी हुन सक्ने धेरैले सुझाएका छन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया