सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशनबाट केन्द्रीय सदस्यमा वीरगन्जका युवा पत्रकार राहुल गुप्ता निर्वाचित

खेम राज खनाल, बरगंज २१ चैत्र । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ।

महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको एक सशक्त स्तम्भ भएको उल्लेख गर्दै फोटो पत्रकारहरूले जोखिमपूर्ण अवस्थामासमेत सत्य र यथार्थ चित्रण गरेर समाजलाई सूचित गराउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले राज्यले फोटो पत्रकारहरूको सुरक्षा, पेशागत सम्मान र क्षमता अभिवृद्धिका लागि ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।
“तस्बिरले बोलेको सत्य कहिल्यै ओझेल पर्दैन,” भन्दै उनले फोटो पत्रकारहरूको योगदानको उच्च मूल्यांकन हुनुपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा उनले स्वयं क्यामेरा समातेर तस्बिर खिच्दै फोटो पत्रकारिताप्रतिको सम्मान पनि प्रकट गरेका थिए।

कार्यक्रमका क्रममा फोटो पत्रकारितामा देखिएका चुनौती, डिजिटल प्रविधिको बढ्दो प्रभाव तथा नयाँ पुस्तालाई यस पेशातर्फ आकर्षित गर्ने उपायबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएका थिए। प्रविधिसँगै पत्रकारिताको स्वरूप परिवर्तन हुँदै गएको सन्दर्भमा सीप, सृजनशीलता र नैतिकतालाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको थियो। साथै, उत्कृष्ट फोटो पत्रकारहरूलाई सम्मान समेत गरिएको थियो।

महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार अध्यक्षमा हरि प्रसाद रेग्मी, वरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ, उपाध्यक्षमा दीपक ज्ञवाली र गजेन्द्र राई निर्वाचित भएका छन्।
महासचिवमा भरत ढकाल चयन भएका छन्।

सचिवहरूमा बाबुराम भण्डारी, जितलाल श्रेष्ठ, प्रविन बराल, दीपक गुरुङ, राजेश पराजुली, कोमलचन्द्र भगत र विशाल सुनार चयन भएका छन् भने कोषाध्यक्षमा निश्चल शर्मा चापागाईं निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा अमर बानियाँ, राहुल कुमार गुप्ता, दिलिप डल्लाकोटी, विरस बाबु साही, नसिम अन्सारी, श्रवण थापा, महेश आचार्य, सुनील पराजुली र नवीन पाण्डे चयन भएका छन्।

यसै क्रममा वीरगञ्जका युवा पत्रकार राहुल कुमार गुप्ता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्, जुन मधेस क्षेत्रका लागि समेत महत्वपूर्ण उपलब्धि मानिएको छ।

महाधिवेशनको समापनसँगै सहभागीहरूले पेशागत एकता अझ मजबुत बनाउँदै फोटो पत्रकारिताको स्तर उकास्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ नेतृत्वले फोटो पत्रकारहरूको अधिकार संरक्षण, क्षमता विकास तथा संस्थागत सुदृढीकरणमा केन्द्रित भएर काम गर्ने जनाएको छ।

  • २१ चैत्र २०८२, शनिबार १०:४१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU