७२ बर्षिय कन्जडी बुढाले पहिलो पटक गाउँमै उपचार पाईन्
रमित बि.क‚पौष ३०,बाजुरा । गौमुल गाउँपालिका–२ का कर्णवीर बोहरा विरामी तीन वर्षदेखि विरामी थिए । कुन विरामले च्यापेको हो, उनलाई थाह थिएन् । उमेरले ७५ कटेका बोहरा रोग जाँचका लागि अन्यन्त्र जान सक्ने अवस्था थिएन् । नत आर्थिक थियो, न त नजिकै स्वास्थ्य संस्था नै ।

उनको गाउँबाट स्वास्थ्य संस्था जाँनपनि एक दिनको पैदल दुरी लाग्छ । बोकेर लिने आँट आफन्तले गरेनन् । जसका कारण उनले रोगपालेरै बसी रहे । जब गौमुल गाउँपालिकाले निशुल्क शिविर सञ्चालन गर्यो, तीन वर्षदेखिको रोगको पहिचान भयो, र उपचार सेवा पाए ।

चिकित्सक सेवा सहीतको उपचार सेवा सहीतको शिविरबाट उनलाई दम र श्वास फुक्ने अनि फोक्सोको संक्रमण देखियो । बोहराले हाल नियमित औषधी खाईरहेका छन् । औषधी सेवनपछि ज्यानलाई सञ्चो हुँदै गएको बोहराको भनाई छ ।
ढल्कीसकेको उमेरमा उपचार सेवा पाउँदा र रोग निको होला भन्ने उनले सोचेका समेत थिएन् । नत आफन्तले नै निको हुने आश गरेका थिए । शिविरमा चिकित्सक सहीतको टोली संभावित रोगको औषधी सहीत बोकेर मुल्दुगन पुगेको थियो ।
बोहरा जस्तै ७२ बर्षिया कन्जडी बुढाले पनि गाउँमै उपचार सेवा पाईन् । उनी ज्वरोका कारण थला परेकी थिईन् । गाउँमा मेडीकल समेत थिएन् । मार्तडीदेखि निकै दुरमा मल्दुगन पर्ने गरेको छ । टाढा हुँदा कोही पनि मल्दुगन जाँन मन गर्दैनन् ।
औषधी सहीत डाक्टरको टोली गाउँपुग्दा स्थानीय निकै खुसी भए । शिविरमा ५ सय बढीले स्वास्थ्य जाँच गराए । शिविरमा दुई दर्जन बढी महिलाहरुले भिडियो एक्सरे समेतगराएको टोलीमा संलग्न डाक्टर रुपचन्द्र विश्वकर्माले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर विश्वकर्माले वर्षौदेखिको स्वास्थ्य समस्या भोगेका स्थानीयलाई उपचार सेवा दिन पाउँदा खुसी लागेको बताए । गाउँपालिकाले पनि दुर्गमका जनतालाई स्वास्थ्य सेवामा पहुँच पर्याउन शिविर सञ्चालन गरेको हो ।
गाउँमा जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा सञ्चालन गर्न चिकित्सक सहितको शिविर दुर्गम गाउँमा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई लक्षीत गरि गाउँपालिकाले हरेक वर्ष शिविर सञ्चालन गर्ने गरेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया