चुरेका साउँद एमाले त्यागेर कांग्रेसमा प्रवेश
अत्तरिया, १८ फागुन । चुरे गाउँपालिका–१, दिगडा निवासी नेकपा एमालेका संगठित सदस्य नरबहादुर साउँद पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेसको डुब्केखालीमा आयोजित चुनावी सभामा साउँदलाई कैलाली क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार आनन्द बिष्टले टीका तथा खादा लगाएर स्वागत गरेका थिए।नवप्रवेशी साउँदले कांग्रेसको विचार र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कांग्रेसका उम्मेदवार आनन्द बिष्ट सामाजिक व्यक्तत्व भएकाले उहाँलाई जिताउन आफू कांग्रेसमा प्रवेश भएको बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया