मेरो श्रृंगार मेकअफ आर्टिष्ट आइकनको ताज नविना रानाले जितिन
निराजन परियार धनगढी । धनगढीमा पहिलो पटक आयोजना भएको मेरो श्रृंगार मेकअप आर्टिष्ट आइकनको ताज नविना रानाले हात पार्न सफल भएकी छन् ।

त्यस्तै कार्यक्रममा क्रमस सोनिया बम दोस्रो र कबिता शिवाकोटी तेस्रो हुन सफल भएका छन् । मेरो श्रृंगार मेकअप आर्टिष्ट आइकनमा १० जना प्रतियोगिहरुले ३० जना मोडेलहरुलाई आफ्नो मेकअप गरेका प्रतिस्पर्धा गरेका थिए ।
यस कार्यक्रमको फेसन कोरियोग्राफर र मिस ग्ल्याम् नेपाल हेमा हमालले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अथिती धनगढी उपमहानगरपालिकाका उममेयर शुशिला मिश्र रहनुभएको थियो भने बिशिष्ट अथिती धनगढीका पुर्व मेयर खेमराज पाण्डे रहनुभएको थियो । मेरो श्रृंगारका प्रबन्धक निर्देशक सुरेन्द्र श्रेष्ठले कार्यक्रम सफलताका साथ सम्पन भएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन बताए ।
उक्त कार्यक्रममा मेरो श्रृंगारको ब्राईडल मेकअफ सो र बिभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाएको थियो । जुना ब्युटी पार्लरको आयोजना तथा मेरो श्रृंगारको संयोजनमा मेकअप आर्टिष्ट आइकन शनिबारको ओम प्यालेसमा सम्पन्न भएको हो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया