सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानद्वारा ‘नागरिक खबरदारी पत्र–२०८२’ जारी

काठमाडौँ ८ फागुन । आगामी फाल्गुन २१ मा हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै नागरिक समाजका विभिन्न क्षेत्रका अगुवाहरूले ‘नागरिक खबरदारी पत्र–२०८२’ सार्वजनिक गरेका छन् । पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानका तर्फबाट जारी गरिएको उक्त पत्रले नेपालमा ‘लोकतान्त्रिक पर्यावरणीय समाजवाद’ को आधार तयार गर्न राजनीतिक दल, सरकार र सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

जनताका विभिन्न संघर्ष, क्रान्ति र विद्रोहबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशिताजस्ता उपलब्धिहरूलाई थप सुदृढीकरण गर्दै नागरिक अधिकार सुनिश्चित गर्न यो अभियान सुरु गरिएको हो ।

खबरदारी पत्रका मुख्य बुँदाहरूः

लोकतन्त्र र सुशासन
खबरदारी पत्रमा नागरिकको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न ‘सहभागितामूलक लोकतन्त्र’ को माग गरिएको छ । निर्वाचित भइसकेपछि उत्तरदायी नहुने सांसदलाई फिर्ता बोलाउन पाउने ‘प्रत्याह्वान’को कानुनी व्यवस्था गर्न र संविधानको सुदृढीकरणका लागि ‘उच्चस्तरीय संविधान पुनरावलोकन तथा संशोधन आयोग’ गठन गर्न माग गरिएको छ।

अर्थतन्त्र र रोजगार
दलाल तथा आसेपासे पुँजीवादको अन्त्य गर्दै स्वदेशमै वार्षिक ५ लाख मर्यादित रोजगारी सिर्जना गर्न उत्पादनमुलक हरित अर्थतन्त्रको सुनिश्चित गर्नु पर्ने माग गरिएको छ । यस्तै, प्रगतिशील कर प्रणाली लागू गर्न र एकीकृत सामाजिक सुरक्षाको प्रत्याभूति गर्न समेत खबरदारी गरिएको छ ।

शिक्षा, स्वास्थ्य र सामाजिक न्याय
शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको निजीकरण,व्यापारीकरण तथा वस्तुकरणको पूर्ण अन्त्य गरी यसलाई राज्यको अनिवार्य दायित्व बनाउनुपर्नेमा जोड दिइएको छ । साथै, राज्यका सबै अङ्गमा जनसंख्याका आधारमा दलित, महिला, जनजाती, मधेसी, मुस्लिम, थारु, युवा, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत र अल्पसख्यक समुदायको अर्थपूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको माग गरिएको छ ।

वातावरण र जलवायु न्याय
नवउदारवादी विकासको मोडल परिवर्तन गरी मानव र पर्यावरणमैत्री विकास सुनिश्चित गर्न र जलवायु परिवर्तनमा ऐतिहासिक उत्तरदायित्व भएका औद्योगिक राष्ट्रहरूबाट क्षतिपूर्ति र अनुदान प्राप्त गर्न सशक्त कूटनीतिक पहलको आवश्यकता औँल्याइएको छ ।

वैदेशिक नीति
नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि सन्तुलित र असंलग्न कूटनीति अवलम्बन गर्दै नेपाललाई शक्ति राष्ट्रहरूको सामरिक क्रिडास्थल बन्न नदिन सचेत गराइएको छ ।
यस खबरदारी पत्रमा नरेन खतिवडा, मञ्जु गुरुङ, पम्फा परियार, प्रयास अधिकारी, खगेन्द्र ओली, डा. चिरञ्जीवी भट्टराई, भोला भट्टराई, अधिवक्ता गणेश धामी, अधिवक्ता भूपेन्द्र शाह, सन्जु गुरुङ्ग, विनय कार्की, सागर देवकोटा, जिया राजभण्डारी, जिना यादव, योगेन्द्र विजय दाहाल, सञ्जय पन्थी, सागर देवकोटा, सुस्मिता वैदवार, राम रोहन पन्त, महेन्द्र थापा, कर्ण वहादुर नेपाली, राजेन्द्र महर्जन, मनोज राम, डा. सुन्दर थापा, विमन वुर्लाकोटी, लोकेन्द्र राज गिरी लगायतका नागरिक अधिकारकर्मीहरुले ऐक्यबद्धता जनाएका छन ।

  • ९ फाल्गुन २०८२, शनिबार ०५:३४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU