चिसो छल्न बेसि झर्दै भेडा ब्यावसायिः बेसितिर भेडा ब्यावसायिलाई समस्या
डिवि विष्ट पुस २८ बझाङ । जिल्लाका अधिकासं भेडा पालन गरि रहेका स्थानिय हिमालमा हिमपात भए संगै चिसो छल्नका लागि बेसि झर्न थालेका छन् । साईपाल गाँउपालिकाका अधिकांस र तल्कोट गाँउपालिका लगात अन्य स्थानिय तहका भेडा ब्यावसायिहरुको प्रमुख पेशाको रुपमा रहेको भेडापालन व्यवसाय गर्ने किसानहरु बेसि झर्न थाले पछि विभिन्न समस्याका कारण यस पेशाबाट दिक्क भएका छन । लेकमा हिमपातका कारण बस्न नसकिने र हिउ जमेर चरन क्षेत्र नै प्रभावित बने पछि आफुहरु उक्त ठाउ छोडर तराई तिर बसोबास गर्न झरेको साईपाल गाँउपालिकाका भेडा ब्यावसायि पिटर बहादुर बोहराले बताए ।

हिउँद याममा बझाङका विभिन्न जंगल चाहार्दै बैतडी हुदै डोटी जिल्लाको बौलेख र सकाइलसम्म पुग्ने र बर्खामा डोटी देखी साइपाल हिमाल सम्मको यात्रा गरी भेडा च्याङग्रा पालन गदै आएका किसानहरु सामुदायिक वनको नाममा स्थानियले अनावश्यक दुख दिन थाले पछी परम्परा देखी गर्दै आएको व्यवसाय नै छोडन मनस्थितीमा पुगेको बताउछन ।
परापुर्वकाल देखी भेडा चर्ने, हिड्ने र बास बस्ने ठाँउमा स्थानियहरुले अवरोध गर्न थाले पछि जिल्लाको का“डा, मेलविसौना, रिलु, मष्टा, कैलास, गडराय, दहवगर, सैनपसेला लगायतका हिमाली ठाँउका करिव ४ सय ५० परिवारले पालेका ३० हजार भन्दा बढी भेडा च्याङग्रालाइ चरन संकट भएको छ ।
साइपाल हिमाल देखी डोटी सम्मको यात्राका क्रममा आफुहरु धेरै ठा“उमा लुटिने, कुटिने र ठगिने गरेको साईपाल गाँउपालिकाका राजेन्द्र बोहराले बताए । सामुदायिक वनमा भेडा चराए बाफत शुल्क तिर्नु पर्छ भनेर एउटा समुह आउने र उनिहरुलाइ पैसा दिएर पठायो केही दिन पछी अर्काे समुह आएर सामुदायिक वनका पदाधिकारी त हामी हौ भनेर फेरी पैसा असुल्ने गरेको दुखेसो पाखे । एउटै वनमा ७ दिन भेडा चराए बाफत पटक पटक गरी १० हजा देखी ३० हजार सम्म तिरेको वताउदै बोहराले पैसा नदिए भेडा नै खोसेर लिने र कुटपिट सम् मगर्ने भएका कारण आफुहरुले खुरुखरु दिने गरेको बताए ।
पैशा तिरेर पनि शान्ती स“ग भेडा चराउन नपाएको गुनासो गर्दै का“डाका अर्का भेडा पालक ध्यान्टु बोहराले भने जंगलमा चराउन छोडेका भेडा पनि चोरेर खाइ दिने गरेको बताए । बझाङ देखी डोटी लैजादा र ल्याउदा बर्षमा कम्तीमा पनि २०÷२५ भेडा च्याङग्रा चोरकै लागी छुट्याउनु पर्ने र राती बास बस्ने ठाँउमा ढुङ्गा हान्ने, मदिरा खाएका समुह आएर भेडा खोसेर लैजाने, कुटपिट गरेर दुःख दिने गरेकोले उनले बताए । हिउँदको समयमा हिमाली ठाँउमा हिउ“ पर्ने भएकोले भेडा च्याङग्रालाइ बेसी झार्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ । साईपाल गाँउपालिकामा मात्र ३ सय ६३ परिवार मध्ये झण्डै २ सय ५० भन्दा बढी भेडापालन व्यवसायमा संलग्न रहेको साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामिले बताए ।
यातायातको सुविधा नपुगेका यहा“का धेरै ठाँउहरुमा अहिले पनि भेडा च्याङग्रा मार्फत दैनिक उपभोग्य सामाग्रीहरु ढुवानी गर्ने गरिन्छ । चरन क्षेत्रमा देखिएको समस्याका कारण व्यवसायमा नै संकटमा पर्न थालेकोले परापुर्व काल देखी नै भेडा हिडाउने, चराउने र बास बस्ने ठा“उमा देखिएको अवरोध हटाउनका लागी सरकारले नै पहल गर्नु पर्ने भेडा पालकहरुको माग छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया