१० किलो १२४ ग्राम लागुऔषध गाँजा सहित ३ जना पक्राउ
मकवानपुर २२ माघ । जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ०९ ज्यामिरे स्थित सडकमा मिति २०८२।१०।१९ गते अं.०४:३० बजेको समयमा लागूऔषध ओसारपसार गरीरहेको छन् भन्ने विशेष प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा रोकी राखेको UP32FF0055 न.को भारतिय कारलाई फेला पारी कार चालक देश भारत विलेज सिखेडा कवल मुजफ्फरनगर उत्तर प्रदेश २५१३१४ बस्ने बर्ष २३ को मुसिर, सोही गाडीमा सवार भई आएका ऐ.ऐ. बस्ने बर्ष २४ को मौ जुबेर र देश भारत अम्बा बिहार, गली नं. ७, मुजफ्फरनगर, उत्तर प्रदेश-२५१००२ बस्ने बर्ष ४४ की साबीरालाई शंका लागी रितपुर्वक खानतलासी गर्ने क्रममा उक्त कारको डिक्कीमा लुकाई छिपाई गरी राखिएको अवस्थामा १० किलो १२४ ग्राम लागुऔषध गाँजा फेला परेको हुँदा उक्त लागूऔषध तथा सवारी साधन बरामद गरी निजहरु मुसिर, मौ जुबेर र साबिरालाई नियन्त्रणमा लिई लागुऔषध मुद्धामा थप अनुसन्धान कार्य भईरहेको ।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया