खप्तडगोल्ड कपको उद्घाटनमा भीम रावल नआउने भएपछि मुख्यमन्त्रीले गर्ने
धनगढी । धनगढीमा आजदेखि शुरु हुने तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूपश्चिमखप्तड गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने भएका छन् ।

सो प्रतियोगिताको नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले उद्घाटन कार्यक्रम रहेको थियो ।
तर, रावलकी सासूआमाको पुस २३ गते राति देहवासन भएकोले रावल आउन नसकेपछि मुख्यमन्त्री भट्टले प्रतियोगिताको उद्घाटन गर्ने भएका हुन ।
कैलाली जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दीपकबहादुर सिंहका अनुसार आज दिउसो १ बजे मुख्यमन्त्रीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया