सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जनजागरण सामुदायिक वनको २६ औं बार्षिक साधारणसभा सम्पन्न

धनबहादुर बिक, पुनर्वास २८ पुष । जनजागरण सामुदायिक वन उपभोक्ता समुहको २६ औं बार्षिक साधारणसभा बिबिध कार्यक्रम का साथ सम्पन्न भएको छ । सोमबार संस्था को २६ औ बार्षिक साधारणसभा संस्था को कार्यालय परिसरमा सम्पन्न भएको हो ।


साधारणसभामा कोषाध्यक्ष शर्मिला सुनारले आर्थिक बर्ष ०८१/०८२ असार मसान्तसम्म को कुल २६ लाख ६६ हजार ४५३ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेकि थिईन ।
पुनर्वास नगरपालिका ७,८,९ वडा अन्तर्गत ४२ सय उपभोक्ता सदस्य रहेको जनजागरण सामुदायिक बनको क्षेत्रफल २६७ हेक्टर रहेको छ । बन परिसर भित्र परम्परागत साल का रूख बाहेक १ लाख ५४ हजार २९० थान युके लिप्टिस , २ हजार ३२५ थान सिसम , २० हजार ५०० थान डालेघास , ४ हजार २२५ सय बाँस , ९५० थान सिसै , १ हजार ५०० थान टिक , दुई हजार थान बकाईनो , खयर १००० थान , १० हजार जामुन लगायत रूख हरू लगाईएका छन ।


कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले बनको स्थापनाकालदेखि जनजागरण सामुदायिक बन संरक्षण का लागि अहोरात्र खटिदै आएका स्थानीय बन उपभोक्ता तथा बन पदाधिकारीको प्रसंसा गर्दै अब बनलाई बहुपयोगि बन विकास कार्यक्रम को रूपमा लैजानुपर्ने बताउनुभयो , बन उपभोक्ता समितिले राम्रो काम गरेको अवस्थामा प्रोत्साहन गर्नुपर्ने र गलत गरेको खण्डमा आम उपभोक्ताले जिम्मेवार नागरिकको भुमिका देखाई सञ्चालक समिति को गलति औंल्याई सुझाव सल्लाह दिनुपर्ने नगर प्रमुख शर्माले जोड दिनुभयो । बनक्षेत्र मा हुने चोरि तस्करी नियन्त्रण तथा आगलागी रोकथाम गर्न वन समिति को मात्रै जिम्मेवारी नभई हामी सबैको हो र वनलाई जोगाउनु आम उपभोक्ता सबैले नैतिक जिम्मेवारी को भुमिका निभाउनुपर्ने पनि नगर प्रमुख शर्माले आफ्नो भनाइमा व्यक्त गर्नुभयो ।


कार्यक्रम का बिशिस्ट अतिथि तथा कुण्डा सब डिभिजन अधिकृत दिनेश कुमार यादवले वन संग सम्बन्धित प्रशासनिक बिषय तथा नितिनियम , सामुदायिक वन ऐन एबं वन संरक्षण सिद्धान्त का बिषयमा आफ्नो भनाइ राख्नुभएको थियो ।
केही समय यता वन क्षेत्र को संरक्षणमा उल्लेखनीय सुधार भएको चर्चा गर्दै उहाले बनको थप विकासका लागि जुनसुकै परिस्थितिमा पनि बनको प्रशासनिक बिषयमा आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


पछिल्लो समय आम उपभोक्ता को वन प्रति अलि चासो कम भएको हो कि भन्ने आसंका देखिन आएकोले जनजागरण सामुदायिक वन उपभोक्ता को टोल टोल मा गई वन संग सम्बन्धित व्यापक छलफल तथा जनचेतनामूलक कार्यक्रम हरू आयोजना गर्नुपर्ने वन अधिकृत यादवले सुझाव दिनुभयो ।
वनका पुर्व अध्यक्ष कृष्णबहादुर तामाङले पुनर्वासको विकास र समृद्धि का लागि जनजागरण सामुदायिक वन मेरूदण्ड का रूपमा परिचित हुँदै आएको टिप्पणी गर्नुभयो । वनको स्थापनाकालदेखि पाँच पटकसम्म आफू अध्यक्ष रहि सकेको कुरा चर्चा गर्दै वनको हरेक गतिविधि र वन संरक्षण का बिषयमा आफू जहिले पनि चिन्तित रहेको तामाङले बताउनुभयो ।


वनको माध्यमबाट साविक पराशनका जनताहरूले प्रसस्त लाभ लिंदै आएको बताउदै यसको संरक्षणका लागि सञ्चालक समिति को मात्रै नभई सबैको महत्त्वपूर्ण जिम्मेवार रहने कुरामा उनलेे जोड दिए ।
संस्थापक अध्यक्ष कृष्णबहादुर तामाङले सामुदायिक बनको महत्वकांक्षि योजना भ्यु टावर जुन उत्साह का साथ पूरा गर्ने कार्ययोजना अगाडि ल्यायौ , बिचमा कोरोना का कारणले गर्दा अवरोध हुनगयो , यसैबिच वैज्ञानिक बन को अवधारणा आएको थियो यदि बैज्ञानिक बनको योजना पूरा भएको भए भ्यु पार्कको योजना मा टेवा पुग्ने थियो त्यो योजना पनि बिचमा तुहियो र सफल हुन सकेन यद्यपि बनको आन्तरिक बजेटमा भ्यु टावरको निर्माणकार्य जारि रहेको छ उनले भने ।

कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले जनजागरण वन संरक्षण तथा विकासका बिषयमा भनाईहरू व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्था का अध्यक्ष लोकबहादुर कार्कीले संस्था को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले चालू आर्थिक बर्ष मा वन उपभोक्तालाई प्रत्येक्ष लाभ हुने प्रकारका जनचेतनामूलक तथा रचनात्मक कार्यक्रम हरू गरेको बिबिध बिषयहरू प्रस्तुत गरिएको थियो । वन संरक्षण का लागि अग्नि नियन्त्रण सम्बन्धि बिबिध कार्यक्रम वन क्षेत्र को तारबार तथा ट्रेन्च खन्ने , बृक्षारोपण , रानिवन भ्यु पार्क सरसफाइ , ऐतिहासिक प्याराताल मा पर्यटन बिश्रामका लागि गोलघर निर्माण , गरिब विपन्न महिला तथा बालबालिका उत्थानका लागि जिविकोपार्जनका कार्यक्रम हरू सञ्चालन । त्यो संगै हात्ती आतंक नियन्त्रण , क्यान्सर पिडितलाई सहयोग , वन संरक्षण का लागि सडक नाटक , बिद्यालय सुधार तथा जैविक ल्याब निर्माण जस्ता कार्यक्रम हरू समेत चालु आर्थिक बर्षमा सुचारु गरिएको अध्यक्ष को प्रतिवेदनमा उल्लेख गरिएको थियो ।


बनका पुर्व कोषाध्यक्ष करण ऐडी ले अझै पनि आम उपभोक्ता हरू सामुदायिक बन संरक्षण प्रति उत्तरदायी नभएको महसुस गरेको छु उनले भने , बन विनाश बढेको छ , पुराना रूख काटिदै गर्दा नयाँ बिरुवा उत्पादन तर्फ सन्तोषजनक नरहेको अवस्था देखिएको छ उनले भने ।
आफ्नो कार्यकालमा सुरुवात गरेको महत्कांक्षि योजना भ्यु टावर को काम बजेट को अभाव तथा बिबिध चुनौती का कारण पूरा हुन सकेको छैन । यसलाई पूरा गर्न सकेमा पुनर्वास पर्यटन क्षेत्रमा विकास हुने थियो उनले भने ।

संस्था का अध्यक्ष लोकबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा वनका पुर्व अध्यक्ष कृष्णबहादुर तामाङ , वडा अध्यक्ष राना श्रवण , अध्यक्ष मुलचन्द राना , अध्यक्ष नरबहादुर बिक ,पुनर्वास नगरपालिका कार्यपालिका सदस्य बलबहादुर बिक , बागिस्वरि मावि प्र अ डिल्ली प्रसाद शर्मा , कुण्डा सब डिभिजन बन अधिकृत दिनेश कुमार यादव ,लगायत अतिथि रहेका थिए ।
संस्था का सहसचिव हरि बिक को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन सचिव लाल प्रसाद घिमिरेले गरेका थिए ।

  • २८ पुष २०८२, सोमबार २१:२० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU